News Portal

साउदी अरेबियामा कर्फ्यु हटाउने तयारी

हिमाली संचार संवाददाता
७१६ पटक
२०२० मे २६, मंगलबार

रियाद – साउदी अरेबियाले बिहीबारदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काबाहेक पूरा मुलुकमा लगाइएको कर्फ्यु हटाउने तयारी भईरहेको छ।

यद्यपि मक्कामा २१ जुनदेखि कर्फ्यु  हटाउने निर्णय लागू हुनेछ। ३१ मेपछि आन्तरिक उडान र स्वतन्त्र गतिविधिमा लगाइएको रोक रोक हटाइनेछ तर अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ।

मानिसहरुलाई सार्वजनिक र निजी कम्पनीमा काम गर्ने जाने अनुमति पनि दिइनेछ। बिहीबारदेखि अहिले लगाइएको २४ घण्टे कर्फ्यूलाई घटाएर समय दिउँसो तीनदेखि बिहान ६ बजेसम्ममा झारिएको छ।

२१ जुन पछि मस्जिदमा नमाज पढ्ने अनुमति हुनेछ। अहिलेसम्म कोरोना भाइरसको कारण ७४ हजार ७ सय ९५ जना मानिस संक्रमित भइसकेका छन् भने ३ सय ९९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...