News Portal

भारतीय भूमिमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस् : जनसम्पर्क समिति भारत

हिमाली संचार संवाददाता
५०१ पटक
२०७७ जेठ १०, शनिवार

दिल्ली – नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ। पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा गरी प्राथमिकताका आधारमा स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन माग गरेको छ। केही व्यक्तिहरुलाई दलालहरुले घर पठाइदिने भन्दै नाकामा लिएर अलपत्र पारेको विषयमा समेत जनसम्पर्क समितले सरकारको ध्यानाकर्षण गराएको छ।

समितिका अध्यक्ष बालकृष्ण पाण्डेले महामारी फैलिन नदिने गरी सुरक्षित रुपमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न माग गरेका हुन्। मजदुरीका लागि भारतमा रहेका सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लगायतका नागरिकहरु हाल स्वदेश फर्किरहेका छन्। कोहीअझै नाकामा अलपत्र परिरहेका छन् भने कोही भारतकै विभिन्न ठाउँमा अलपत्र परेको जनसम्पर्क समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...