News Portal

डाबर इन्टरनेशनलद्वारा थप २५ लाख रुपैयाँ बराबरको राहत प्रदान

रामप्रसाद ढुंगेल
४४४ पटक
२०२० मे २१, बिहीबार

युएई – विश्व प्रसिद्ध कम्पनी डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुको राहतको लागि थप २५ लाख रुपैयाँ बराबरका आफ्ना उत्पादनहरु सहयोग गरेको छ। एक साता अगाडि डाबर इन्टरनेशनलले करिब १० लाख रुपैयाँ बराबरका आफ्ना सामग्रीहरु नेपाली कम्यूनिटी एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोणजंग श्रेष्ठले जानकारी दिएका छन्।

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वास्थ सामग्री, आवस्यक पौस्टिक तत्वयुक्त खाद्यसामग्रीको अभाव महसुस गरी खानाको साथै स्वस्थ्य भएर बस्नु पनि पर्ने भएकोले हेन्ड सेनिटाईजर, टुथ पेष्ट, डाबर च्यवनप्रास, डाबर मह, साबुन र पिउनको लागि ग्लुकोज डि लगाएतका ४ गाडी राहत सामग्री डाबर ईन्टरनेशनलको तर्फवाट नेपाल एसोसिएसन (एनआरएनए युएई)का उपाध्यक्ष पासाड शेर्पालाई समानुपातिक वितरणका लागि हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले बताए।

डावर ईन्टरनेशनलले यूरोप, अमेरीका, अफ्रिका अनि मिडल ईष्टका मानिसलाई सुहाउने प्रकृतिक हर्बलमा आधारीत सामानहरु बनाउने डाबर ईन्डिया कै भगिनी कम्पनी हो। द्रोण जंग श्रेष्ठ न्यू प्रडक्ट डेभ्लोपमेन्ट अन्तर्गत क्रिएटिभ टिममा कार्यरत छन्।

एनआरएनएले युएईले कोरोना भाइरसका कारण जागिर गुमाएका, दुखमा परेको नेपालीलाई राहात दिँदै आएको र यसमा डाबरले सहकार्य गर्न पाउदा गौरवको अनुभुति भएको सामाजिक अभियन्ता श्रेष्ठले प्रतिक्रिया दिएका छन्।

दुबईमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ गौरादह – ३ झापा निवासी हुन। ट्राभहिल डटकमका सन्चालक समेत रहेका श्रेष्ठले डाबर इन्टरनेशनलले दुई पटक गरि उपलब्ध गराएको राहत सामग्रीको मुल्य करिब ३५ लाख रुपैयाँ बरावरको रहेको दाबी गरेका छन्।

एनआरएनए युएईले उक्त सामग्री युएईका सात वटै इमिरेट्समा रहेका आफ्नो क्षेत्रीय समन्वय परिषदमार्फत वितरण गर्ने एनआरएनए युएई उपाध्यक्ष तथा राहत वितरण टोलीका संयोजक पासाङ शेर्पाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...