News Portal

  • डाबर इन्टरनेशनलद्वारा थप २५ लाख रुपैयाँ बराबरको राहत प्रदान

    रामप्रसाद ढुंगेल
    ३९० पटक
    २०२० मे २१, बिहीबार

    युएई – विश्व प्रसिद्ध कम्पनी डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुको राहतको लागि थप २५ लाख रुपैयाँ बराबरका आफ्ना उत्पादनहरु सहयोग गरेको छ। एक साता अगाडि डाबर इन्टरनेशनलले करिब १० लाख रुपैयाँ बराबरका आफ्ना सामग्रीहरु नेपाली कम्यूनिटी एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोणजंग श्रेष्ठले जानकारी दिएका छन्।

    वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वास्थ सामग्री, आवस्यक पौस्टिक तत्वयुक्त खाद्यसामग्रीको अभाव महसुस गरी खानाको साथै स्वस्थ्य भएर बस्नु पनि पर्ने भएकोले हेन्ड सेनिटाईजर, टुथ पेष्ट, डाबर च्यवनप्रास, डाबर मह, साबुन र पिउनको लागि ग्लुकोज डि लगाएतका ४ गाडी राहत सामग्री डाबर ईन्टरनेशनलको तर्फवाट नेपाल एसोसिएसन (एनआरएनए युएई)का उपाध्यक्ष पासाड शेर्पालाई समानुपातिक वितरणका लागि हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले बताए।

    डावर ईन्टरनेशनलले यूरोप, अमेरीका, अफ्रिका अनि मिडल ईष्टका मानिसलाई सुहाउने प्रकृतिक हर्बलमा आधारीत सामानहरु बनाउने डाबर ईन्डिया कै भगिनी कम्पनी हो। द्रोण जंग श्रेष्ठ न्यू प्रडक्ट डेभ्लोपमेन्ट अन्तर्गत क्रिएटिभ टिममा कार्यरत छन्।

    एनआरएनएले युएईले कोरोना भाइरसका कारण जागिर गुमाएका, दुखमा परेको नेपालीलाई राहात दिँदै आएको र यसमा डाबरले सहकार्य गर्न पाउदा गौरवको अनुभुति भएको सामाजिक अभियन्ता श्रेष्ठले प्रतिक्रिया दिएका छन्।

    दुबईमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ गौरादह – ३ झापा निवासी हुन। ट्राभहिल डटकमका सन्चालक समेत रहेका श्रेष्ठले डाबर इन्टरनेशनलले दुई पटक गरि उपलब्ध गराएको राहत सामग्रीको मुल्य करिब ३५ लाख रुपैयाँ बरावरको रहेको दाबी गरेका छन्।

    एनआरएनए युएईले उक्त सामग्री युएईका सात वटै इमिरेट्समा रहेका आफ्नो क्षेत्रीय समन्वय परिषदमार्फत वितरण गर्ने एनआरएनए युएई उपाध्यक्ष तथा राहत वितरण टोलीका संयोजक पासाङ शेर्पाले जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...