News Portal

मकाउमा व्याटमिनटन र चेस प्रतियोगिता हुने

प्रतियोगितामा सहभागी दर्शकहरुका लागि निःशुल्क खाजा पानीको व्यावस्था

हिमाली संचार संवाददाता
१०८८ पटक
२०७७ जेठ ४, आइतबार

मकाउ । मकाउमा ब्याडमिन्टन र चेस प्रतियोगिता हुने भएको छ। “नेपाली सहयोगी हातहरु” को हिजो शनिवार बसेको संस्थाको बैठकद्वारा मकाउमा रहेका नेपाली समुदायवीच मैत्रीपुर्ण खेल आयोजना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष सुदर्शन थापामगरले जानकारी दिएका छन्। 

नेपाली सहयोगी हातहरु भर्खर मकाउमा समाजसेवी उदय वाग्लेको निर्देशक, अर्का समाजसेवी सुदर्शन थापामगरको अध्यक्षतामा गठन भएको नेपाली समुदाय भित्रको एउटा विशेष सामाजिक संस्था हो। जसले मकाउमा रहेका नेपाली समुदायका लागि आवश्यक विशेष भुमिका निर्वाह गर्नका लागि संगठित भएको संस्थाले मकाउमा भर्खरै नेपाली समुदायका लागि स्वास्थ्य सामाग्री सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको थियो। 

मकाउमा पहिलो ऐतिहासिक मैत्रीपुर्ण खेल आगामी मे ३१ तारिख २०२० आइतबार फाइचिकेई इनडोर हलमा आयोजना गर्ने भएको हो। इच्छुक खेलाडीले नेपाली सहयोगी हातहरुको फेसबुक पेजमा म्यासेज गरेर नाम दर्ता गर्न सकिने, संस्थाको सदस्यहरु संग नाम दर्ताका लागि सम्पर्क गर्न सकिने अध्यक्ष थापामगरले बताएका छन् । 

आगामी मे ३० भित्र खेलाडीले नामावली दर्ता गर्न सकिने, खेल हुने समय विहान ९ बजेदेखि १ बजेसम्म, प्रतिस्पर्धी   प्रत्येक खेलाडीका लागि मोप ५०।- प्रवेश शुल्क, खाजाको ब्याबस्था, विजेता खेलाडीहरुलाई ट्रफी प्रदान गर्ने, खेल हेर्न आउनु हुने दर्शकका लागि खाजा पानीको ब्याबस्था गरिएको संस्थाको संयोजक निर्मला थापामगरले जानकारी दिएकी छिन् । 

ब्याटमिनटनको सटलकक चण्डि योग्ज्ञाको विशेष प्रायोजक रहेको छ, भने खाजा-पानीको लागि प्रेम बिश्वकर्मा र रोजन लामाको विशेष प्रायोजक रहेको संयोजक थापामगरले जानकारी दिएकी हुन् । मिडिया पाटनरको लागि समाचार सम्प्रेशण गरिरहेको हिमाली संचार डटकम रहेको छ। 

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...