News Portal

मातृभूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता !

हिमाली संचार संवाददाता
७९४ पटक

काठमाडौँ – गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली (मातृभूमि) भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ।

एनआरएनका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी हरेक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीले ऐक्यबद्धता जनाउने स्पष्ट पार्नुभएको छ।

“नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमासम्बन्धी यस विषयलाई राजनीतिक र कूटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पुर्र्याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ।

देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाइ एवं दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा गैरआवासीय नेपालीले ऐक्यबद्धता व्यक्त गर्ने दृढता उहाँले जनाउनुभएको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...