कुवेत – पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएपछि लिखित रुपमै क्षमा मागेका छन।
एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सिल्पी संघ कुवेतकि महिला प्रमुख बराइलीलाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेका थिए।
संघले उक्त घटनालाई गम्भीरतापूर्वक लिदै पत्रकार दाहाललाई सार्वजनिक रुपमा माफि माग्न सुझाव दिदै एक प्रेस विज्ञप्ति जारी गरेपछि उनले आत्मालोचना गरेका हुन।
कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत रहेकी बराईलीले आफू आबद्ध संस्था सिल्पी संघलाई जानकारी गराएपछि संघले सुझावसहित शनिबार बिहानै उक्त बिज्ञप्ती निकालेको थियो।
कोसेली समुहमा आबद्व बरिष्ठ पत्रकार मानिएका दाहाल केही बर्ष पहिला नेपाल पत्रकार महासघ बैदेशिक शाखा कुवेतबाट निस्किएका थिए। पत्रकार दाहाल कुवेतबाटै संचालित तितोपाटी अनलाइनमा आबद्ध छन।
सिल्पी संघद्वारा जारी विज्ञप्ति:
यो पनि पढ्नुहोस: