News Portal

पत्रकार तोयानाथ दाहालले घरेलु महिला कामदारलाई अश्लील म्यासेज पठाएको भन्दै शिल्पि संघ नेपाल कुवेतद्वारा माफी माग्न सुझाव

हिमाली संचार संवाददाता
११६२ पटक
२०२० मे १६, शनिबार

कुवेत – कुवेतमा रहेका पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत एक महिलालाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएको छ।

एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गरि म्यासेज गरेका हुन्।

संघले उक्त घटनालाई गम्भीरतापूर्वक लिदै पत्रकार दाहाललाई सार्वजनिक रुपमा माफि माग्न निर्देशनसहित शनिबार एक प्रेस विज्ञप्ति जारि गरेको छ। पिडित बराइली केहि बर्ष यता कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत छिन।

कोसेली समुहमा आबद्द बरिष्ठ पत्रकार मानिएका दाहाल केही बर्ष पहिला पत्रकारहरु साझा संगठन नेपाल पत्रकार महासघ बैदेशिक शाखा कुवेतबाट निस्किएका थिए भने अहिले तितोपाटि अनलाइनमा रहेर लेख्दै आएका छन। पत्रकार दाहालले सार्वजनिकरुपमा आफुलाई फसाउन खोजिएको भनिएपनि पनि म्यासेन्जर च्याट हेर्दा उनि स्वयमले पठाएको देखिन्छ। पत्रकार दाहालले पिडित बराईलीलाई पठाएको म्यासेज च्याट सुरक्षित राखिएको छ।

संघद्वारा जारी प्रेस विज्ञप्ति:

यो पनि पढ्नुहोस।

गल्ती स्विकार्दै पत्रकार दाहालले गरे आत्मालोचना

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...