News Portal

डाबर इन्टरनेशनलद्वारा युएईमा कार्यरत नेपालीहरुलाई राहत प्रदान

रामप्रसाद ढुंगेल
४०२ पटक
२०७७ जेठ २, शुक्रवार

युएई । विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुका लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । कम्पनीले हर्बल सामग्रीहरु नेपाली समुदाय एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपाली समुदायका लागि कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वास्थ्य सामाग्री,  आवस्यक पौष्टिक तत्वयुक्त खाद्य सामाग्रीको अभाव महसुस  गरी खानाको साथै स्वस्थ्य भएर बस्नु पनि पर्ने भएकोले हेन्ड सेनिटाईजर, टुथ पेष्ट, साबुन र पिउनको लागि ग्लुकोज डि लगाएतका २ सय ८७ कार्टुन राहत सामाग्री डावर ईन्टरनेशनलको तर्फवाट नेपाल एसोशिएशन (एनआरएनए, युएई) का उपाध्यक्ष पासाड शेर्पालाई समानुपातिक वितरणका लागि हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले बताए ।

डावर ईन्टरनेशनलले यूरोप, अमेरीका, अफ्रिका अनि मिडल ईष्टका मानिसलाई सुहाउने प्रकृतिक हर्बलमा आधारीत सामानहरु बनाउने डाबर ईन्डिया कै भगिनी कम्पनी हो । द्रोण जंग श्रेष्ठ न्यू प्रोडक्ट डेभ्लोपमेन्ट अन्तर्गत क्रिएटिभ टिममा कार्यरत छन् । एनआरएनएले विगत ३२ दिन देखि दुखमा परेको नेपालीलाई राहत वितरण गर्दै आएको र यसमा डाबरले सहकार्य गर्न पाउदा गौरवको अनुभुति भएको सामाजिक अभियन्ता श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।

दुबईमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ गौरादह- ३ झापा निवासी हुन । ट्राभहिल डटकमका सन्चालक समेत रहेका श्रेष्ठले डाबर इन्टरनेशनलले उपलब्ध गराएको राहत सामग्रीको मुल्य ९ लाख ८७ हजार रुपैयाँ बरावरको रहेको बताएका छन् । 

एनआरएनए युएईले उक्त सामाग्री युएईका सात वटै इमिरेट्समा रहेका आफ्नो क्षेत्रीय समन्वय परिषदमार्फत  वितरण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...