News Portal

कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

हिमाली संचार संवाददाता
८२३ पटक
२०२० मे १४, बिहीबार

युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ।

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये ८४३६ संक्रमितहरुको उपचार भैरहेको छ भने १ सय ७५ जनाको अवस्था गम्भीर साथै १ सय ८८ थप गरि ३४५१ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो जानकारी अनुसार नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको छ। पछिल्लो २४ घण्टामा ६ जना मृत्‍यु भएको छ। कुवेतमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

डब्लुएचओका अनुसार विश्वभरिमा कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ। कुवेत सरकारद्वारा मे १० तारिख दिउँसो ४ बजे देखि ३० तारिखसम्म पूर्ण रुपमा लकडाउन आदेश जारी गरिएको छ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ।

साथै सङ्क्रमण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमाहल, सपिङमल, सिसाईड र गार्डेनलगायत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यस्त सहरहरु सुन्सान अवस्थामा रहेको छ।

मार्च १ तारिखदेखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्टको अन्तिम सातासम्म बन्द गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...