News Portal

  • शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्ने जोखिम

    हिमाली संचार संवाददाता
    ११४८ पटक
    २०७७ बैशाख ३०, मंगलबार

    काठमाडौं – चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन्।

    यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो। चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो।

    भर्ना भएका बिरामीको १६ प्रतिशतको वीर्यमा कोरोनाभाइरस फेला परेको उपचारमा संलग्न चिकित्सकहरुको समूहले जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरेको छ।

    भर्ना भएकामध्ये एक चौथाइ बिरामीको अवस्था जटिल रहेकोमा ९ प्रतिशत बिरामी स्वास्थ्य लाभ गरेको प्रतिवेदनमा चिकित्सकको समूहले जनाएको छ।

    चीनको जनमुक्ति सेना अस्पतालका चिकित्सक तियानकङ लीसहितको टोलीले जर्नलमा लेखेका छन्, “सार्स–कोभ–२ कोभिड–१९ बिरामीको वीर्यमा उपस्थित हुन सक्छ, र सार्स–कोभ–२ निको हुन लागेका बिरामीको वीर्यमा समेत फेला पर्न सक्छ।”

    “पुरुषको प्रजनन अङ्गमा भाइरसले नक्कल गर्न नसकेपनि यो पुरुष यौनग्रन्थीमा विशेष प्रकारको प्रतिरक्षाले रहन सक्छ”–प्रतिवेदनमा उल्लेख गरिएको छ।

    विशेष प्रकारको प्रतिरक्षा भन्नाले संक्रमण प्रणाली भाइरल आक्रमणको प्रभाव रहने क्षेत्रसम्म पुग्न नसकिने बुझिन्छ। यो कुनै स्तब्ध बनाउने निचोड हैन।

    थुप्रै भाइरस प्रजनन पथमा बस्न सक्छन्। इबोला र जिका भाइरस पनि पुरुषको वीर्यमा फेला परेको थियो। कहिलेकाहीँ निको भएको महिनौँपछि पुरुषको वीर्यमा भाइरस फेला पर्न सक्छन्।

    कोरोनाभाइरसको संक्रमण शारीरिक सम्पर्क वा यौनाङ्गबाट फैलन सकिनेबारे अझै स्पष्ट हुन सकेको छैन। भाइरस रहेको प्रमाण पाइनुको अर्थ मानिसले अनिवार्य नै संक्रमण सारेको भन्न सकिने अवस्था रहन्न।

    चिकित्सकको समूहले आगामी अध्ययनबाट सार्स–कोभ–२ शारीरिक सम्पर्कबाट पनि सर्ने पत्ता लागे कोभिड–१९ को संक्रमण उन्मूलन गर्न कठीन हुने उल्लेख गरेको छ।

    यस्ता बिरामीमा कण्डमको प्रयोग मात्रैले संक्रमण रोक्न सक्नेछ। तर प्राणघातक रुपमा विकसित हुनुअघि राम्ररी र यस प्रकारको संक्रमणको सम्भावनाबारे यथेष्ट अध्ययन हुनुपर्छ। त्यसैले संक्रमितको रयाल र रगतको सम्पर्कबाट टाढा बस्नु मात्रै पर्याप्त हुन्न। (सीएनएन)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...