News Portal

शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्ने जोखिम

हिमाली संचार संवाददाता
१२३१ पटक
२०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन्।

यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो। चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो।

भर्ना भएका बिरामीको १६ प्रतिशतको वीर्यमा कोरोनाभाइरस फेला परेको उपचारमा संलग्न चिकित्सकहरुको समूहले जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरेको छ।

भर्ना भएकामध्ये एक चौथाइ बिरामीको अवस्था जटिल रहेकोमा ९ प्रतिशत बिरामी स्वास्थ्य लाभ गरेको प्रतिवेदनमा चिकित्सकको समूहले जनाएको छ।

चीनको जनमुक्ति सेना अस्पतालका चिकित्सक तियानकङ लीसहितको टोलीले जर्नलमा लेखेका छन्, “सार्स–कोभ–२ कोभिड–१९ बिरामीको वीर्यमा उपस्थित हुन सक्छ, र सार्स–कोभ–२ निको हुन लागेका बिरामीको वीर्यमा समेत फेला पर्न सक्छ।”

“पुरुषको प्रजनन अङ्गमा भाइरसले नक्कल गर्न नसकेपनि यो पुरुष यौनग्रन्थीमा विशेष प्रकारको प्रतिरक्षाले रहन सक्छ”–प्रतिवेदनमा उल्लेख गरिएको छ।

विशेष प्रकारको प्रतिरक्षा भन्नाले संक्रमण प्रणाली भाइरल आक्रमणको प्रभाव रहने क्षेत्रसम्म पुग्न नसकिने बुझिन्छ। यो कुनै स्तब्ध बनाउने निचोड हैन।

थुप्रै भाइरस प्रजनन पथमा बस्न सक्छन्। इबोला र जिका भाइरस पनि पुरुषको वीर्यमा फेला परेको थियो। कहिलेकाहीँ निको भएको महिनौँपछि पुरुषको वीर्यमा भाइरस फेला पर्न सक्छन्।

कोरोनाभाइरसको संक्रमण शारीरिक सम्पर्क वा यौनाङ्गबाट फैलन सकिनेबारे अझै स्पष्ट हुन सकेको छैन। भाइरस रहेको प्रमाण पाइनुको अर्थ मानिसले अनिवार्य नै संक्रमण सारेको भन्न सकिने अवस्था रहन्न।

चिकित्सकको समूहले आगामी अध्ययनबाट सार्स–कोभ–२ शारीरिक सम्पर्कबाट पनि सर्ने पत्ता लागे कोभिड–१९ को संक्रमण उन्मूलन गर्न कठीन हुने उल्लेख गरेको छ।

यस्ता बिरामीमा कण्डमको प्रयोग मात्रैले संक्रमण रोक्न सक्नेछ। तर प्राणघातक रुपमा विकसित हुनुअघि राम्ररी र यस प्रकारको संक्रमणको सम्भावनाबारे यथेष्ट अध्ययन हुनुपर्छ। त्यसैले संक्रमितको रयाल र रगतको सम्पर्कबाट टाढा बस्नु मात्रै पर्याप्त हुन्न। (सीएनएन)

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...