News Portal

  • मकाउमा भूम्या पुजा सम्पन्न (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७६२ पटक
    २०७७ बैशाख २६, शुक्रवार

    मकाउ । मकाउमा किरात राई यायोक्खाले उभौली साकेलाको अवसरमा इनडोर भुम्या पुजा सम्पन्न गरेको छ। विश्वभर कोभिड-१९ का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मकाउले यो सालको उभौली साकेला चाड इनडोरमा नै भुमी पुजा गरी आफ्नो सास्कृतिक साकेला चाड येलेदोङ ५०८० औ सम्पन्न गरेको हो।

    आयोजित कार्यक्रममा किरात राई यायोक्खा मकाउका अध्यक्ष भिम कुमार राई “किरात” को अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभकामना महासचिव मंगल राईले दिएका थिए । महासचिव राईले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कारण विश्वलाई नजरबन्दमा राखिरहेको कारण यो बर्ष इनडोर भित्र पितृ पुजा ( भूम्या पुजा ) गर्न बाध्य भएको उल्लेख उभौली साकेला चाड र बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै विश्वभर रहनु हुने नेपाली समुदाय उच्च सतर्कता अपनाउन, सुरक्षित रहन अनुरोध समेत गरेका थिए। उपस्थित किरात समुदायले पितृ पुजा गरेर आफ्नो पुर्खाको सम्झनामा यो बर्ष मकाउमा इनडोर पितृ पुजा गरेको हो।  आयोजित कार्यक्रम सदस्य केशव राईले कार्यक्रम संचालन गरेका थिए।

    किरात समुदायले गर्मीयामको प्रवेश संगै पितृ र प्रकृतिलाई पुजा गरेर  अन्नवाली राम्रो होस, सप्रियोस् चराचर जगतको पर्यावरणीय प्रणाली अनुसार गर्मी मौसममा वेसीदेखि लेकतीर सितल खोज्न उभो जाने पशुपंक्षी विभिन्न जनावारहरुको नक्कल गर्दै साकेला नृत्य गरेर हर्षोल्लासका साथ किरात समुदायले मनाउने चाड किरात संस्कृति, जीवन पद्धति र दर्शनसंग जोडिएको हुनाले साकेला चाड पितृ, प्रकृति र विज्ञान सम्मत मुन्धुमवितहरुको भनाई रहेको छ। 

    मानव उत्पतिकालदेखि नै किरात समुदायले आफ्नो सभ्यता र संस्कृतिको विकास भएसंगै शुरुआत गरेका हुनाले बर्षमा दुई पटक बैशाखे पुर्णीमामा उभौली र मंसीरे पुर्णीमामा उधौली मनाउदै छन्। यस पटक भने किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यालय काठमाण्डौले किरात समुदाय र नेपाली समुदायको लागि विज्ञप्तिमा शुभकामना सहित कोभिड-१९ को कारण देश विदेशमा रहनु हुने किरात तथा गैरकिरात नेपाली समुदायहरु माँझ उभौली साकेला चाड र बुद्ध जयन्तीको अवसरमा सुस्वास्थ्या सहित उच्च सतर्कता अपनाउन समेत अपील गरेको छ। 

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन...

    आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

    काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष...

    एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

    बाल्टिमोर (अमेरिका), असार १०  – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार...

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...

    एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको...