News Portal

  • अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

    हिमाली संचार संवाददाता
    १०७० पटक
    २०२० मे, ६ बुधबार

    दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

    राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झण्डै ८० जना २५ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए।

    “एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ। ”उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे।

    राजस्थानमै रहेका यामलाल भण्डारीले पनि लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु बिखर्ची भएको सुनाए। ‘ न खाने कुरा छ, न पैसा , उपाय पनि छैन’ उनले भने, ‘संगै काम गर्न आएका सबैको उहि हालत छ।

    “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौँ।” उनले दुखेसो पोख्दै भने, “जत्ती पटक गरे पनि दूतावासको ल्यान्डलाइन उठ्दै–उठ्दैन।”

    त्यसैगरी भारतको महाराष्ट्र तालुकामा अलपत्र परेका ऐरावती गाउँपालिका ५ का आयुस रन्जनले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए।

    ‘कमाई गरेको पैसा सकियो’ उनले भने,’ अब के खाने, के गर्ने समस्या भयो।’ अब पैदलै हिँड्ने त होला “हुलिएर बसेका छौँ। बाहिर कोरोनाको डर धेरै छ।” उनले भने, उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए।

    “यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ।”
    महाराष्ट्रको तालुकामा सराङ्कोट गाउका चालिस बढी फसिरहेको उनले सुनाए।

    रन्जनका अनुसार अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षण लगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन। त्यसैगरी नयाँ दिल्लीमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन्।

    प्युठानको सरुमारानी २ का यामु रानाले दिल्ली आसपासको बुद्धनगर नोयडामा ३ सय बढी प्युठानी समस्यामा परेको जानकारी दिए। उनले भने,’अरु जिल्लाको त धेरै छन।

    “यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढि भयो।’ उनले भने,’लकडाउनले काम चलेको छैन, यसरी कति दिन चल्छ हाम्रो जीवन?’हामीलाई पनि हाम्रो सरकारले बस पठाएर उद्धार गरिदिनुपर्‍यो,” उनले भने,’ हामी आफ्नै देशमा गएर क्वारेन्टाईनमा बस्न तयार छौँ।’

    खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन्। लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बसने नेपालीहरु समस्यामा परेको उनीहरुले बताएका छन्। उनीहरुले लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन्। – नेसबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...