News Portal

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

हिमाली संचार संवाददाता
६९५ पटक
२०२० मे, ३ आइतबार

कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो। ५ जना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा पाकिस्तानी, भारतीय, जोर्डनी र बंगलादेशी कामदार रहेको मन्त्रालयले जनाएको छ। जसमा २ जना भारतीय नागरिक छन्। उनीहरुको उमेर ४३ देखि ६३ रहेको जनाइएको छ।

हालसम्म कुवेतमा नेपाली कामदारको भने मृत्यु भएको छैन। हालसम्म कुवेतमा ८३ नेपालीसहित संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ। त्यस्तै साउदीमा आइतबार १५ सय ५२ जना संक्रमित भएका छन्। साउदीमा संक्रमितको संख्या २७ हजार ११ पुगेको छ। जसमध्ये ३४ जना नेपाली दूतावासको सम्पर्कमा छन्।

यसैगरी कतारमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १५ हजार ५ सय ५१ पुगेको छ। कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ नया संक्रमित फेला परेका हुन्। एक हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन्। आइतबारमात्रै १ सय ३० जना संक्रमित निको भएर फर्केका छन्। जसमा नेपालीको संख्या खुलाइएको छैन।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...