२०२० मे ३, आइतबारश्रीनगर – उत्तरी कश्मीरको हन्द्वारा जिल्लामा भारतीय सेना र हतियारधारी समूहबीच दोहोरो भीडन्त भएको छ। स्थानीय समयानुसार शनिबार दिउँसो साढे ३ बजे हन्द्वारा जिल्लाको चन्जुमुल्लाह क्षेत्रमा भीडन्त भएको बताइएको छ।
स्थानीय प्रहरीले भने दुई पाकिस्तानी लडाकुहरु नियन्त्रणमा रहेको दावी गरेको छ। आफ्ना केही सुरक्षाकर्मी पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
साँझ अबेरसम्म प्रहरीले श्रीनगर लगायत धेरै स्थानमा कडा गस्ती गरेको जनाएको छ। घटनाबारे पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
