News Portal

मकाउमा कार्यरत नेपालीलाई माक्स र सेनिटाईजर बितरण

हिमाली संचार संवाददाता
१२७१ पटक

रमेश अधिकारी मकाउ चीन – नेपाली सहयोगी हातहरु  NHH मकाउ नामक सस्थाले १३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर आज मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई विश्व भर नै महामारीको रुप लिई रहेको कोरोना भाईरसबाट सुरक्षित रहन सचेतना फैलाउने उद्देश्य सहित एक अनौपचरिक कार्यक्रमको आयोजना गरी मास्क तथा सेनिटाइजर बितरण गर्‍यो।

मकाउमा रहेका कम्पनिहरुमा कार्यरत बिभिन्न ब्यक्तिहरुलाई प्रतिनिधि चयन गरी उहाहरुकै माध्यमबाट सम्पूर्ण नेपाली समुदायको हात सम्मै पुर्याउने लक्ष्य सस्थाको रहेको र सके सम्म मकाउमा बस्ने नेपालीहरु कोही पनि नछुटुन भन्ने हाम्रो उदेश्य भएको सस्थाका महासचिब तथा संचार एबं बजार प्रमुख रमेश अधिकारीले बताए ।

उक्त कार्यक्रममा प्रतिनिधि हरुलाई मास्क बितरण गर्दै सस्थाका अध्यक्ष शुदर्शन थापामगरले यो आजको कार्यक्रमले मकाउमा आवासीय तथा श्रमका लागि बसोबास गर्ने सम्पूर्ण नेपालीहरु प्रति आत्मियता ,सामिप्यता र जिम्मेवारीको महसुस गराउदै यो सस्थाले सम्पूर्ण नेपालीसँग हातेमालो गर्दै हामीमा आई पर्ने जस्तो सुकै समस्यामा पनि मिलेर अगाडी बढ्न र समाधान गर्न एकजुट हुनुको बिकल्क छैन भन्दै मकाउमा कुनै पनि कारणले कुनै पनि नेपाली जस्तोसुकै समस्यामा हुनुहुन्छ भने पनि हामीसँग सम्पर्कमा रहन आग्रह गर्दछौ।उनले थपे हामी सम्पूर्ण नेपालीको पिडाको मलम पट्टी बन्न चाहन्छौ।

कार्यक्रममा संस्थाका संयोजक श्रीमती निर्मला थापामगरले पहिलो चरणमा ५००० प्रति मास्क र २००० प्रति सेनिटाइजर बितरण गरेको जानकारी दिइन।कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष चण्डी योङ्या,एन.आर.एन मकाउका कोषाध्यक्ष श्री प्रेम बि.क लगायतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रमका लागि ७००० प्रती सेनिटाइजर र १०००० प्रति मास्क तयारी भइसकेको सस्थाका निर्देशक श्री उदय वाग्लेले जानकारी गराए ।स्मरण रहोस् बितरीत मास्क र सेनिटाइजर निशुल्क रुपमा निर्देशक वाग्लेले उपलब्ध गराएका हुन ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...