News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोना सङ्क्रमण

    हिमाली संचार संवाददाता
    ४४९ पटक

    पाकिस्तान – पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो।

    आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन्।  उनले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन्।

    उनले लेखेका छन, ‘मलाई कोरोनाभाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु। पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

    कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ।

    यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको थियो। पाकिस्तानमा सवैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ। पञ्जावमा छ हजार २२० जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन्।

    त्यसैगरी छ हजार ५३ जना सिन्ध प्रान्तमा, दुई हजार ३१३ जना खैबर पख्तुन्ख्वामा, ९७८ जना बालुचिस्तानमा, ३३९ जना गिल्गिट बाल्टीस्थानमा, ३१३ जना इस्लामावाद प्रदेशमा र ६६ जना पाकिस्तान नियन्त्रीत जम्मु काश्मिर प्रदेशमा सङ्क्रमितहरु रहेको जनाइएको छ।

    सरकारी तथ्याङ्क अनुसार देशभरी १५० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । ती मध्ये केही चिकित्सक पनि रहेका छन्।

    कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएका मध्ये पाँच जना स्वास्थ्यकर्मीहरु पनि परेको जनाइएको छ।

    स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री पीपीई पर्याप्त रुपमा उपलब्ध नभएकाले उनीहरुमा सङ्क्रमण फैलिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...