News Portal

प्रवासी नेपाली एकता समाजद्वारा युएईमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

हिमाली संचार संवाददाता
१११० पटक
२०७७ बैशाख १६, सोमवार

दुबइ – लकडाउनका कारण श्रम गर्न दुबइ गएका श्रमिकहरु अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा उनीहरु अलपत्र परेका हुन्।

प्रवासी नेपाली एकता समाज यूएइले आबुधावीमा अलपत्र परेका ४ जना नेपालीहरुलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। समाजका वरिष्ठ सल्लाहकार विश्वदेव शाह र सदस्य कपिलदेव सुबेदीको पहलमा सहयोग संकलन गरेर खाद्यन्न सामाग्री सहयोग गरेका हुन्। 

उदयपुरका अनिल तामाङ र सविना तामाङ त्यस्तै सप्तरीका रामनाथ यादव, नवलपरासीका गोपाल प्रसाद बानिया रोयल डिस्काउन्ट सेन्टर, आबुधावी युएइमा काम गर्न गएका थिए। कोरोनाका कारण उनीहरुले काम गर्ने कम्पनी बन्द भएपछि बेरोजगार भएका हुन्।

नोवेल कोरोना भाइरसका कारण नेपालीहरु विदेशमा अलपत्र परिरहेका यो घटना प्रतिनिधि मात्र हुन। युएइमा उनीहरु करिब एक महिना अघिदेखि लकडाउनका कारण यस्तो समस्यामा परेका पिडितहरुले बताएका छन्। 

नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा कम्पनीले काम नभएपछि धेरै नेपालीहरु बेरोजगार भएका छन्। उनीहरुले नेपाल जाने टिकटसमेत लिएको भएपनि अचानक लकडाउनका कारण हवाई सेवा बन्द हुदा अलपत्र परेका हुन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...