News Portal

एनआरएन कुवेतले गर्‍यो जिलिब क्षेत्रमा राहत वितरण

कमल सिंह ठकुरी
९४६ पटक
अप्रिल १५, २०२० बुधबार

कुवेत – गैरआवसिय नेपाली संघ (एनआरएन) कुवेतको पहलमा मध्यपुर्व महिला संयोजक सुमित्रादेवी पौडेलको उपस्थितिमा कुवेतको जिलिब क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई राहतस्वरूप खाद्य सामग्री बितरण गरिएको छ।

एनआरएन कुवेतको पुर्वअध्यक्ष समेत रहेकी पौडेलले यहाँको सरकारले आदेश जारी गरेको नियम पालना गर्न कुवेतमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गरेकी छन।

कुवेत सरकारले यहाँका विद्यालय, बैंक तथा अन्य अत्यावश्यक बाहेकका कम्पनीहरु कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि बाक्लो बस्ती रहेको कुवेतको जिलिब-हसाबिया क्षेत्रमा २४ सै घण्टा कर्फ्यू जारी गरेपश्चात त्यहाँ रहेका नेपालीहरुलाई खानाको समस्या परेपछि एनआरएन कुवेतको पुर्वघोषित राहत वितरण कार्यक्रम अन्तर्गत मध्यपुर्व महिला संयोजक पौडेलको उपस्थितिमा राहत बितरण गरिएको वैदेशिक रोजगार बिभाग प्रमुख उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

प्रमुख पुडासैनीका अनुसार यहाँ रहेका पीडित नेपालीहरुलाई ५ केजीका दरले ५० पाकेट चामल, १ केजीका दरले दाल, नुन, बेसार, तेल लगायतका दैनिक अत्यावश्यक खाद्यन्न बितरण गरिएको बताए।

कुवेतमा १३ जना नेपालीहरु कोरोना संक्रमित भएपनि अहिलेसम्म नेपालीहरुले ज्यान गुमाउनु परेको छैन। कोरोनाबाट संक्रमित कुवेतमा तीन जनाले ज्यान गुमाए भने डेढ सय जना उपचारपछि पूर्णरुपमा निको भई घर फर्किएका छन। त्यस्तै हालसम्म कुवेतमा १३ सय ५० बढी ब्यक्तिहरुमा कोरोना संक्रमण भएको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...