News Portal

नेपाली जन-सम्पर्क समिती कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

हिमाली संचार संवाददाता
४०० पटक

कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त अनि बिना कुनै जरिवाना कुवेत सरकारकै खर्चमा क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना टेष्ट पश्चात MOH कुवैतले, तोकेको मापदन्ड अनुसार संक्रमित भएकालाई उपाचार गर्ने, स्वस्थ रहेकाहरुलाई स्वदेश फर्काउने तथा पुन: कुवैत प्रवेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवैत सरकारले सुवर्ण अवसर प्रदान गरेकोमा हामी कुवेतबासी नेपालीहरु आभारी छौ। यस अवसरलाई विभिन्न देशले आफ्ना नगारिकलाइ स्वदेश फर्काइ रहेका छन् भने धेरै जसो देशहरुले पनि पठाउने प्रकृयाको तयारी गरिरहेका छन्। तर नेपाल सरकार र नेपाली राजदूतावास कुवेतले भने अवैधानिक नेपाली कामदारहरु स्वदेश पठाउने बारे ठोस निर्णय गर्न नसकेको अवस्था देखिन्छ। त्यसकारण गैर कानुनी रुपमा रहेका धेरै नेपाली दाजुभाई-दिदिबहिनीहरु एकदमै चिन्तित र त्रासित अवस्थामा छन्।

नेपाली राजदूतावास कुवेतले जिम्मेवारपुर्वक आफ्नो नागरिकहरुको उद्दार र सुरक्षाको लागि तत्काल कुवेत सरकारसंग आवश्यक समन्वय गरी कुवेतमा गैर कानुनी रुपमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु तोकिएको समयमा सहज र सुरक्षित रुपमा नेपाल फर्काउन निर्णायक कदम चालियोस। नेपाल सरकारले आफ्ना नागरिकहरुको सुरक्षाका लागि उचित व्यवस्थापन गर्न सम्बधित सम्पुर्ण निकायलाइ तदारुकता साथ निर्देशन गरी काठमान्डौमा क्वारेन्टाइनको सुविधाको व्यवस्थापन गर्दै घर सम्म पुर्याउने वातावरण सिर्जना गरोस। हामी यस आममाफीको अवसरलाई नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई पनि उपयोग गर्न सक्ने गरी सजिलो प्रकृयाहरु शुरु गर्न नेपाली काँग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति कुवेत मार्फत नेपाली राजदुतावास कुवेत तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...