News Portal

कुवेतमा १२ जना नेपाली कोरोना संक्रमित !

हिमाली संचार संवाददाता
७६५ पटक

२०२० अप्रिल १४, मंगलबार

कुवेत सिटि- कुवेतमा थप एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

अहिलेसम्म कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक नेपाली नागरिकसहित कुल ६६ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

अहिलेसम्म कुवेतमा कोरोनाबाट दुई जनाले ज्यान गुमाए भने १ सय ५० जना उपचारपछि पूर्णरुपमा निको भई घर फर्किएका छन।

साथै गम्भीर अवस्थामा २६ जनाको उपचार भइरहेको कुवेतको स्वास्थ मन्त्रालयले जनाएको छ। हालसम्म कुवेतमा कोरोना संक्रमित विरामीहरुको संख्या १३ सय पुगेको उक्त तथ्यांकमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...