News Portal

  • नेपाली समाज कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

    हिमाली संचार संवाददाता
    ६८० पटक
    अप्रिल १२, २०२० आइतबार

    कुवेत – कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई तहस-नहस बनाई रहेको कुरा समस्तमा जगजाहेरनै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना टेष्ट पश्चात MOH कुवैतले,तोकेको मापदन्ड अनुसार संक्रमित भएकालाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाई स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवेत सरकारले सुवर्ण अवसर प्रदान गरेकोमा हामी आभारी छौ।

    यो अवसरमा विभिन्न देशले आफ्ना नगारिकलाई स्वदेश फर्काइ सकेको छ भने, धेरै जसो देशहरुले पनि पठाउने प्रकृयाको तयारी गरिरहेका छन। तर नेपाल सरकार र नेपाली राजदूतावास कुवेतले भने अबैधानिक नगरिक स्वदेश पठाउने बारे ठोस निर्णय गर्न सकेको छैन।

    त्यस कारण गैर कानुनी रुपमा रहेका धेरै नेपाली दाजुभाई-दिदिबहिनीहरु एकदमै चिन्तित र त्रासित अवस्थामा छन। तत्काल कुवेत सरकारसंग समन्वय गरी कुवेतमा गैर कानुनी रुपमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउन निर्णायक कदम चालियोस।

    नेपाल सरकारले आफ्ना नागरिकहरुको सुरक्षाका लागि उचित ब्यबस्थापन गर्न सम्बधित सम्पुर्ण निकायलाइ तदारुकता साथ निर्देशन गरि काठमान्डौमा क्वारेन्टाइनको सुबिधाको ब्यबस्थापन गर्दै घर सम्म पुर्याउने बताबरण सिर्जना गरोस।हामी यस आममाफिको समयलाई नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई पनि उपयोग गर्न सक्ने गरि सजिलो प्रकृयाहरु शुरु गर्न समाजवादी पार्टी नेपालको प्रवास संगठन, नेपाली समाज कुवेत मार्फत नेपाली राजदुतावास कुवेत तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...