News Portal

मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत राजदूतहरुले एक महिनाको तलब राहतकोषमा जम्मा गर्न

हिमाली संचार संवाददाता
४३९ पटक

युएइ– मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा जम्मा गर्ने निर्णय गरेका छन् ।

युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्वनै आक्रान्त बनेको अवस्थामा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारद्वारा स्थापितकोषमा युएइ, इजरायल, इजिप्ट , पाकिस्तान , बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेवियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय चैत २९ गते शनिबार गरेका हुन् ।

९ जना राजदूतको एक महिनाको तलव नेपाल सरकारका उपप्रधानमन्त्री तथा संस्कृतिमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय राहतकोषमा जम्मा हुनेछ ।
नेपाल सरकारद्वारा प्रमाणिकृत र सह प्रमाणिकृत गरेर युएइमा कृष्णप्रसाद ढकाल, ओमानमा शर्मिला पराजुली ढकाल, इजरायलमा डा.अन्जान शाक्य, इजिप्टमा झविन्द्रप्रसाद अर्याल, कतारमा नारथनाथ भारद्वाज,
कुवेतमा दुर्गाप्रसाद भण्डारी, पाकिस्तानमा सेवा लम्साल, बहराइनमा पदम सुन्दास र साउदी अरेबियामा प्रा.डा. महेन्द्रप्रसादसिंह राजपुत राजदूतका रूपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...