News Portal

नेपालीको विवरण संकलन गर्न थालियो दुबईमा

हिमाली संचार संवाददाता
४२२ पटक

युएई– कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ।

एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो।

दुवईको स्थानीय सुरक्षा निकायको समन्वयमा गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरुले आज वरदुबई स्थित नेपाली बसोबास गर्ने स्थानहरु मिनाबजार,अल सुक,अल रफ्फा, करामा मनखुल,बुर्जुमान,खालिद बिन बलिद,अल हमरिया एरियामा विवरण संकलन गरिएको नेतृत्व टोलिका प्रमुख पासाङ रेन्जी शेर्पाले रातोपाटीलाई बताए।

टोलीले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुसँग भेटघाट गरि हुनसक्ने सम्भावित खतराबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरे। पाँच दर्जन भन्दा बढी नेपालीहरु भेट गरिएको र जसमध्ये एक जना कोरोना संक्रमित नेपाली भेटिएको बताउँदै उनले ती व्यक्ति आफ्नै सेल्फ क्वारेन्टाईनमा बसेको र अवस्था सामान्य रहेको बताए।

टोलीमा गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका केन्द्रीय सदस्य सुजन सापकोटा, रमेश गौतम, नेफिन युएईका संरक्षक समिती सदस्य टंक थापा मगर, नेपाल मगर संघ शाखा युएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग युएई प्रतिनिधि निमा ल्हमु शेर्पा र अमन थापा लगायत अन्य नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस्तो कठिन परिस्थितिमा सामाजिक अभियान्ताहरुले गरेको सहारनीय काम प्रति सामाजिक संजालमा धेरैले प्रशंशा गरेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...