News Portal

युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

हिमाली संचार संवाददाता
४५२ पटक

युएई (दुबई)मा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् । एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् ।

युईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार बसिरहन सक्ने स्थिती हुने छैन । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाउने छन् । यसो भएमा नेपाली कामदारहरु ठूलो संख्यामा बेरोजगार भएर स्वदेश फर्किने स्थिती आउने निश्चित छ ।
मार्च महिनाबाट कम्पनीले बेतलवी विदा दिएकाले थप समस्यामा परेको युएईस्थित एक होटलमा कार्यरत गोविन्द भट्ट बताउँछन् । उनी पाँचजना नेपाली साथीहरुसँगै विगत ३५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । होटल बन्द भएपछि उनीहरुलाई होटलले बस्ने व्यवस्था त गरिदिएको छ तर खानालगायत सम्पूर्ण व्यवस्था आफैले गर्नुपर्ने भएकाले समस्यामा परेको उनी बताउँछन् ।

लामो समयदेखि बाहिर ननिस्किएकाले अहिलेसम्म आफूहरु सुरक्षित रहेको र आफ्नो देश फर्कन चाहेको उनीहरु बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग हामी अपिल गर्न चाहन्छौं, लामो समयदेखि हामी सेल्फ क्वारेन्टाइनमा बसेकाले सुरक्षित छौं । अव विस्तारै हामीलाई खानालगायतको समस्या हुने छ अनि हामी कसरी बस्ने ? त्यसैले हामीलाई उद्धार गरेर स्वदेश फर्काइयोस् । हामी सम्पूर्ण सुरक्षा सतर्कताका नियमहरु पालना गर्न तयार छौं ।’

उनीहरुहले नेपाल फर्कने वातावरण बनाइदिन नेपाली दूतावासमा पनि बारम्बार अपिल गरे पनि नेपाल सरकारको निर्णय कुर्न बाहेक केही गर्न नसक्ने दूतावासले बताएको छ । साथै गैर आवासिय नेपाली संघ यूएईले पनि नेपाल सरकारसँग खाडीमा रहेका नेपालीहरुको उद्धार गर्न बारम्बार आग्रह गर्दै आइरहेको छ ।

सर्वोच्च अदालतले पनि खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरि नेपाल फर्कन चाहनेलाई सम्बन्धित मुलुकसँग कुटनैतिक माध्यमबाट समन्वय गरि नेपाल ल्याउन व्यवस्था गर्न सरकारलाई आदेश दिइ सकेको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...