News Portal

  • युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

    हिमाली संचार संवाददाता
    ३९७ पटक

    युएई (दुबई)मा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् । एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् ।

    युईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार बसिरहन सक्ने स्थिती हुने छैन । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाउने छन् । यसो भएमा नेपाली कामदारहरु ठूलो संख्यामा बेरोजगार भएर स्वदेश फर्किने स्थिती आउने निश्चित छ ।
    मार्च महिनाबाट कम्पनीले बेतलवी विदा दिएकाले थप समस्यामा परेको युएईस्थित एक होटलमा कार्यरत गोविन्द भट्ट बताउँछन् । उनी पाँचजना नेपाली साथीहरुसँगै विगत ३५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । होटल बन्द भएपछि उनीहरुलाई होटलले बस्ने व्यवस्था त गरिदिएको छ तर खानालगायत सम्पूर्ण व्यवस्था आफैले गर्नुपर्ने भएकाले समस्यामा परेको उनी बताउँछन् ।

    लामो समयदेखि बाहिर ननिस्किएकाले अहिलेसम्म आफूहरु सुरक्षित रहेको र आफ्नो देश फर्कन चाहेको उनीहरु बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग हामी अपिल गर्न चाहन्छौं, लामो समयदेखि हामी सेल्फ क्वारेन्टाइनमा बसेकाले सुरक्षित छौं । अव विस्तारै हामीलाई खानालगायतको समस्या हुने छ अनि हामी कसरी बस्ने ? त्यसैले हामीलाई उद्धार गरेर स्वदेश फर्काइयोस् । हामी सम्पूर्ण सुरक्षा सतर्कताका नियमहरु पालना गर्न तयार छौं ।’

    उनीहरुहले नेपाल फर्कने वातावरण बनाइदिन नेपाली दूतावासमा पनि बारम्बार अपिल गरे पनि नेपाल सरकारको निर्णय कुर्न बाहेक केही गर्न नसक्ने दूतावासले बताएको छ । साथै गैर आवासिय नेपाली संघ यूएईले पनि नेपाल सरकारसँग खाडीमा रहेका नेपालीहरुको उद्धार गर्न बारम्बार आग्रह गर्दै आइरहेको छ ।

    सर्वोच्च अदालतले पनि खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरि नेपाल फर्कन चाहनेलाई सम्बन्धित मुलुकसँग कुटनैतिक माध्यमबाट समन्वय गरि नेपाल ल्याउन व्यवस्था गर्न सरकारलाई आदेश दिइ सकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...