News Portal

मकाउमा हुने नेपालीलाई व्यक्तिगत विवरण दर्ता गर्न दूतावासको आग्रह

हिमाली संचार संवाददाता
१३५५ पटक
२७ चैत्र २०७६

हङकङ – नेपाली महावाणिज दूत “कन्सुलेट जनरल” हङकङले हङकङ-मकाउमा रहेका नेपाली समुदायका व्यक्तिगत विवरण दर्ता गर्न अपील गरेको छ।

हङकङस्थित दूतावास “ कन्सुलेट जनरल” हङकङले फेसबुक पेजमार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले नेपाली समुदायको विभिन्न अप्ठ्यारो परिस्थितिको सिर्जना हुदा सिधा सम्पर्क गर्नका लागि व्यक्तिगत विवरण, स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउन समेत अनुरोध गरेको छ।

महावाणिजदूत कमल प्रसाद भट्टराईका अनुसार “समान्य व्यक्तिगत विवरण मागिएको छ, नेपाली समुदाय संग सिधा सम्पर्कका लागि सहज होस भन्ने उदेश्यले” व्याक्तिगत विवरण भर्न अनुरोध गरेका हौ। तंथ्याक संकलन गर्दा सरकार र जनताका लागि हितकर हुने जानकारी दिए।

नेपाली महावाणिज्य दूतावास हङकङको वेवसाइटमा सबैले व्यक्तिगत विवरण दर्ता गर्न सकिने जनाएइको छ।

आफ्नो विवरण दर्ता कसरी गर्ने?

– सबैभन्दा पहिलो महावाणिज्य दूतावासको https://hkg.nepalconsulate.gov.np/  प्रवेश गर्ने।

– साइट खोलेपछि दूतावासको सूचना डिस्प्ले हुन्छ, त्यसलाई क्लोज गर्ने।

– त्यसपछि साइटको माथिल्लो भागमा निलो अक्षरमा (Eamergency Registration) भन्ने डिस्प्ले देखिन्छ, त्यसलाई क्लिक गर्ने।

– त्यसपछि व्यक्तिगत विवरण भर्नुपर्ने फाराम उपलब्ध हुनेछ, त्यही अनुसार विवरण भरेर आफ्नो विवरण (submit) मा क्लिक गर्ने। त्यसपछि तपाईंको व्यक्तिगत विवरण जनरल कन्सुलेट हङकङका कार्यालयमा पुग्ने छ।

तपाई दोधारमा पर्नु भयो भने दूतावासको सम्पर्क नम्बरमा २३६९ ७८१३ / ९८७९ ५७५० सम्पर्क गरी विवरण भर्न सक्नु हुने छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...