News Portal

दुबई २ साताका लागि लकडाउन

राम कुमार परियार
५२० पटक
अप्रिल ०६, २०२० सोमबार

युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्म्लिकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने दुबई मिडिया अफिसले जनाएको छ।

यस अवधिमा दुबईका कुनाकुनामा विषादी छर्केर निर्मलीकरण गरिनुका साथै घना बसोबास भएको क्षेत्रहरुमा व्यापक रुपमा स्वास्थ परिक्षण गरिने बताईएको छ।

लकडाउनको अवधीभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन क्षेत्र, मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्।

रेष्टुरेन्टहरुलाई डेलिभरी सेवा दिन छुट दिईएको छ। यसैगरी उर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्याँस लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन्।

यस अवधिमा अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन अनुमति छैन। खाद्य सामाग्री खरिद गर्न एक परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाउनेछन्।

सबैलाई मास्क लगाएर सामाजिक दुरि कायम राख्न आग्रह गरिएको छ। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ।

यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ। प्राधिकरणले ट्याक्सी भाडामा समेत ५० प्रतिशत छुट दिईने बताइएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...