News Portal

गैरकानुनी आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्काउदै कुवेत

नेपाल सरकार मौन !

हरि बानियाँ
११५४ पटक
अप्रिल ५, २०२० आइतबार

कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर प्रदान गरेको भएपनी नेपालीहरुलाइ भने २६ तारीखदेखि ३० तारीखसम्म समय दिएको छ।

यो अवसरमा सहभागी भएर नेपाल जानको लागि २६ अप्रिलदेखि ३० अप्रिलसम्म समय दिइएको हो। यो सेवाको लागि पुरुष कामदारहरुको लागि हरेक दिन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म फर्वानिया अल मुतना स्कुल उबज स्कुल ब्लग १ स्टेट न.१२२ र महिला कामदारका लागि फर्वानिया गर्लेस स्कुल ब्लग १ स्टेट न.७६ ठेगानामा सम्बन्धित व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने छ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीसंग हामीले एम्नेसटि खुलेको बारे किन सूचना निकालिएन भनि बुझेका थियौं। यतिबेला नेपालमा एयरपोर्ट, होटेल र यातायात सेवा समेत बन्द छ। त्यसैकारणले कसरी नेपाल पठाउने भन्ने बारे नेपाल सरकारसंग कुराकानी भईरहेकाे राजदूत भण्डारीले हिमालीसंचारलाई जानकारी दिनुभयाे।

कुवेतमा अवैधानिक रुपमा बस्दै आएको अन्य देशहरूका नागरिकसहित नेपालीहरुका लागि यो राम्रो अवसर हो। अनुमानित तीन हजारदेखि चार हजारसम्म गैरकानुनी रुपमा कुवेतमा नेपालीहरु काम गरिरहेका छन।

कुवेत सरकारले विश्वमा फैलिएको महामारी काेरना भाईरसबाट बच्न आफ्नो नागरिकलाई विभिन्न देशबाट कुवेत धमाधम ल्याउँदैछ तर नेपाल सरकार लकडाउनमै रुमल्लिरहेको छ।

नेपाल सरकारले कहाँ राख्ने भन्ने सोच समेत नबनाएकोले अवैधानिक रुपमा बसेको नेपाली नागरिकलाई निल्नु न ओकल्नु भएको छ। कुवेत सरकारले नेपालसम्म जाने खर्च समेत फ्री गरेको छ तर नेपाल सरकारले हाम्रो नागरिक लान्छौ भन्न समेत नसक्नु यो भन्दा लाजमर्दो कुरो के नै हुनसक्ला।

यसको फाईदा गैरकानुनी रुपमा रहेका नेपालीहरुले जसरी पनि उठाउनु पर्छ। हामी सबैकाे पहल रहेमा सबैलाई सुरक्षितका साथ स्वदेश पठाउन पक्कै पनि सकिन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...