News Portal

दूतावास कुवेतले कोरोनाबारे गर्‍यो यस्तो अपिल (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
५५९ पटक

कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ।

कोरोना भाइरस अहिले विश्वभरी महामारीका रुपमा फैलिरहेको अबस्थामा यो रोगको संक्रमणबाट मुलुकभित्र बसोवास गर्ने सबैलाई सुरक्षित राख्न अपनाउनुपर्ने पूर्वसावधानी तथा रोकथामका उपायहरु र सबैले पालन गर्नुपर्ने नियम तथा निर्देशन दिइरहेको छ। नोभेल कोरोना भाईरस रोगको नियन्त्रण गरी संक्रमण फैलिन नदिन सञ्चालित कार्यक्रम लगायत अन्य सान्दर्भिक जानकारीबारे कुवेत सरकारले विभिन्न मितिमा आवश्यक सूचना, नीति निर्देशन मार्फत सबैको ध्यानाकर्षण गर्दै आएको छ।

यसैबीच बिहीवार कुवेतस्थित नेपाली राजदुतावासले कुवेत सरकारले यहाँ बसोवास गर्ने सबैको स्वास्थ्यको हितलाई ध्यानमा राखी आफ्ना श्रोत, साधन र संयन्त्रको उच्चतम परिचालन गरी यो रोगबाट हुने संक्रमणलाई निर्मूल पार्न क्रियाशिल रहेको भन्दै आफ्ना नागरिकहरुलाई कोरोनाबाट सचेत रहन कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कुवेत सरकारद्वारा जारी निर्देशनको पालना गर्दै यो समयमा जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन र अप्ठ्यारो परिस्थितिमा आईपरेको खण्डमा नेपाली राजदूतावास कुवेत सदैव तपाईहरुको साथमा रहने बताएको छ।

कुवेतमा हालसम्म नेपाली नागरिकहरुलाई कोरोनाले छोएको नभएपनी कुवेती नागरिकलगायत अन्य देशका नागरिक गरि २ सय जना भन्दा बढि ब्यक्तिहरु कोरोनाबाट सङ्क्रमित छन।

हेर्नुहोस नेपाली राजदूतावास कुवेतले जारी गरेको बिज्ञपप्ती यस्तो छ:

सूचना

हाल विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा यसको रोकथाम गरी मुलुकमा बसोवास गरी आएका सबैको जिवन रक्षाका लागि नेपाल तथा कुवेत दुवै मुलुकका सरकारहरुवाट आ – आफ्ना मुलुकमा यस सन्दर्भमा भईरहेका उच्चतम प्रयास बारेको जानकारी सबैमा विदितै छ। महामारीका रुपमा फैलिरहेको यो रोगको संक्रमणबाट मुलुकभित्र बसोवास गर्ने सबैलाई सुरक्षित राख्न अपनाउनु पर्ने पूर्व सावधानी, रोकथामका उपायहरु, पालन गर्नु पर्ने नियम तथा निर्देशन तथा नोभेल कोरोना भाईरस रोगको नियन्त्रण गरी संक्रमण फैलिन नदिन सञ्चालित कार्यक्रम लगायत अन्य सान्दर्भिक जानकारी बारे कुवेत सरकारले विभिन्न मितिमा आवश्यक सूचना, नीति निर्देशन मार्फत सबैको ध्यानाकर षण गर्दै आएको बेहोरा अवगतै छ। मुलुकभित्र बसोवास गर्ने सबैको स्वास्थ्यको हितलाई ध्यानमा राखी दुवै देशका सरकारहरुले आ – आफ्ना श्रोत, साधन र संयन्त्रको उच्चतम परिचालन गरी यो रोगबाट हुने संक्रमणलाई निर्मूल पार्न क्रियाशिल रहेको हालको सन्दर्भमा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दिदी – बहिनी तथा दाजु – भाईहरुलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दै यस घडीमा जो जहाँ हुनु हुन्छ त्यहाँ आफू सुरक्षित रहन र वर्तमान अप्ठ्यारो परिस्थितिमा धैर्यता, दृढ ईच्छाशक्ति र उच्च मनोबलका साथ रहन नेपाली राजदूतावास, कुवेत हार्दिक अनुरोध गर्दछ। नेपाली राजदूताबास , कुवेत सदैव तपाईहरुको साथमा छ।

नेपाली राजदूतावास कुवेत
मितिः १३ चैत्र २०७६ (२६ मार्च २०२०)

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...