News Portal

दूतावास कुवेतले कोरोनाबारे गर्‍यो यस्तो अपिल (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
६२० पटक

कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ।

कोरोना भाइरस अहिले विश्वभरी महामारीका रुपमा फैलिरहेको अबस्थामा यो रोगको संक्रमणबाट मुलुकभित्र बसोवास गर्ने सबैलाई सुरक्षित राख्न अपनाउनुपर्ने पूर्वसावधानी तथा रोकथामका उपायहरु र सबैले पालन गर्नुपर्ने नियम तथा निर्देशन दिइरहेको छ। नोभेल कोरोना भाईरस रोगको नियन्त्रण गरी संक्रमण फैलिन नदिन सञ्चालित कार्यक्रम लगायत अन्य सान्दर्भिक जानकारीबारे कुवेत सरकारले विभिन्न मितिमा आवश्यक सूचना, नीति निर्देशन मार्फत सबैको ध्यानाकर्षण गर्दै आएको छ।

यसैबीच बिहीवार कुवेतस्थित नेपाली राजदुतावासले कुवेत सरकारले यहाँ बसोवास गर्ने सबैको स्वास्थ्यको हितलाई ध्यानमा राखी आफ्ना श्रोत, साधन र संयन्त्रको उच्चतम परिचालन गरी यो रोगबाट हुने संक्रमणलाई निर्मूल पार्न क्रियाशिल रहेको भन्दै आफ्ना नागरिकहरुलाई कोरोनाबाट सचेत रहन कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कुवेत सरकारद्वारा जारी निर्देशनको पालना गर्दै यो समयमा जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन र अप्ठ्यारो परिस्थितिमा आईपरेको खण्डमा नेपाली राजदूतावास कुवेत सदैव तपाईहरुको साथमा रहने बताएको छ।

कुवेतमा हालसम्म नेपाली नागरिकहरुलाई कोरोनाले छोएको नभएपनी कुवेती नागरिकलगायत अन्य देशका नागरिक गरि २ सय जना भन्दा बढि ब्यक्तिहरु कोरोनाबाट सङ्क्रमित छन।

हेर्नुहोस नेपाली राजदूतावास कुवेतले जारी गरेको बिज्ञपप्ती यस्तो छ:

सूचना

हाल विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा यसको रोकथाम गरी मुलुकमा बसोवास गरी आएका सबैको जिवन रक्षाका लागि नेपाल तथा कुवेत दुवै मुलुकका सरकारहरुवाट आ – आफ्ना मुलुकमा यस सन्दर्भमा भईरहेका उच्चतम प्रयास बारेको जानकारी सबैमा विदितै छ। महामारीका रुपमा फैलिरहेको यो रोगको संक्रमणबाट मुलुकभित्र बसोवास गर्ने सबैलाई सुरक्षित राख्न अपनाउनु पर्ने पूर्व सावधानी, रोकथामका उपायहरु, पालन गर्नु पर्ने नियम तथा निर्देशन तथा नोभेल कोरोना भाईरस रोगको नियन्त्रण गरी संक्रमण फैलिन नदिन सञ्चालित कार्यक्रम लगायत अन्य सान्दर्भिक जानकारी बारे कुवेत सरकारले विभिन्न मितिमा आवश्यक सूचना, नीति निर्देशन मार्फत सबैको ध्यानाकर षण गर्दै आएको बेहोरा अवगतै छ। मुलुकभित्र बसोवास गर्ने सबैको स्वास्थ्यको हितलाई ध्यानमा राखी दुवै देशका सरकारहरुले आ – आफ्ना श्रोत, साधन र संयन्त्रको उच्चतम परिचालन गरी यो रोगबाट हुने संक्रमणलाई निर्मूल पार्न क्रियाशिल रहेको हालको सन्दर्भमा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दिदी – बहिनी तथा दाजु – भाईहरुलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दै यस घडीमा जो जहाँ हुनु हुन्छ त्यहाँ आफू सुरक्षित रहन र वर्तमान अप्ठ्यारो परिस्थितिमा धैर्यता, दृढ ईच्छाशक्ति र उच्च मनोबलका साथ रहन नेपाली राजदूतावास, कुवेत हार्दिक अनुरोध गर्दछ। नेपाली राजदूताबास , कुवेत सदैव तपाईहरुको साथमा छ।

नेपाली राजदूतावास कुवेत
मितिः १३ चैत्र २०७६ (२६ मार्च २०२०)

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...