News Portal

  • एक देशले अर्को देशलाई सिध्याउन कोरोनाको त्रास

    नेपाल सरकार र विभिन्न गैरसरकारी संघसंस्थाहरुले डिप्रेसन, भोकमरी, भवितव्य र जोखिमहरुको समाधानहरुबारे तत्काल ध्यान दिन जरुरी छ।

    राकेश कुमार शर्मा
    ३२५ पटक

    रोग लाग्नु वा रोगले आक्रमण गर्नु भनेको कुनै पनि राम्रो होइन।जुनसुकै रोग लागे पनि सतर्कता अपनाउनु नै पर्छ। अब मानिसहरु कालगति वा अन्य रोग लागेर मरे पनि कोरोना भाइरसले नै मृत्यु भयो भन्ने बुझाई शुरूवात भएको छ।यसकारण कोरोना भाइरसको बढी प्रचार भए जस्तो छ। बनको बाघले नखाए पनि मनको बाघले खाए जस्तो भएको छ।

    कोरोनाको भयले गर्दा घरमा बस्दाबस्दै कतै नागरिकहरुलाई डिप्रेसन हुने त होइन ? लकडाउन अनिश्चितकालसम्म पनि हुनसक्छ। कोरोना भाइरसले भोकमरी लाग्ने त होइन ? मुलुकमा आउने भवितव्य र जोखिमहरु यसतर्फ पनि हाम्रो मुलुकको सरकार र विभिन्न संघसंस्थाहरुले तत्काल ध्यान दिन जरुरी छ।

    कालोबजारी पनि व्यापकरुपमा बढीरहेको अवस्था पनि छ।यसकारण सरकारले नागरिकहरुको लागी खाद्यान्न र ग्यासको सर्वसुलभ पसल खोली दिनुपर्छ।

    कोरोना भाइरस ठुलठुला मुलुकहरुको बीचको जुँगाको लडाइँ हो जस्तो मलाई लाग्छ ? एक मुलुकले अर्को मुलुकलाई सिध्याउन रचेको प्रयास हो की ? यसले सबैभन्दा असर र जोखिम हाम्रो जस्तो मुलुकलाई पार्ने हो।

    नेपालमा भुकम्प आएको बेला बाहिरी मुलुकहरूबाट आएको त्रिपालहरु र खाद्यान्नहरु जस्ता जस्तै सहयोगहरु र सरसामानहरुको व्यापक दुरुपयोग भएको थियो।कोरोना भाइरसको नाममा बाहिरी मुलुकहरूबाट आएको सहयोगहरु र सरसामानहरुको दुरुपयोग नगरौ, यसकारण सजग र सतर्क हौं।

    स्वतन्त्र नेपाली नागरिक
    मोबाइल : ९८४८०५५७७६

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...