News Portal

प्रधानमन्त्री केपी ओलीलाई सीपी धादिङेकाे पत्र

सीपी धादिङे
५६९ पटक

सम्माननिय प्रधानमन्त्री ज्यू, नमस्कार !

सर्वप्रथम तपाईंको स्वास्थ लाभको कामना गर्दछु। देशको बेरोजगारीले गर्दा घरपरिवार चलाउन र आफ्नो दैनिकी गुजार्न केही समय यतादेखि मरभुमी साउदी अरबमा पसिना बगाईरहेको छु। कोभिड-१९ अर्थात कोरोना भाइरसले विश्व आतङ्कित भइरहेको अवस्थामा आतङ्कित हुनु कुनै नया र नौलो पक्कै होइन। चाईना, जापान, अमेरिका, इटाली जस्ता बिकसित देश अनि विश्व बैज्ञानिक युगमा टेक्नोलोजिमा यति फड्को मारेको देशला बेहाल बनाएको कोरोना भाइरसले हाम्रो जस्तो सानो अल्पबिकसित देशलाई कुन अवस्थामा पुर्‍याउला त्यो सोचाई भन्दा धेरै परको कुरा हो यदि कोरोना नेपाल पसेर नेपालीहरुमा देखियो भने त्यो भन्दा दुर्भाग्य अरु केही हुनेछैन ।

जुन अवस्था अनौठो र सोच्न नसकिने हुने निश्चित छ। भलै नेपाल जस्तो प्राय पातलो बस्ती, एउटा मात्र अन्तर्राष्ट्रिय विमान स्थल, त्यति ठुला ठुला मार्केट, क्याम्प नभएको देशमा न आउला र न आओस यो म लगायत हामी सबैको कामना। यदि आइहाल्यो भने पनि सम्पुर्णमा न आत्तिकन सजक र सतर्कता अपनाउन सुझाब छ।

मलाई त कोरोनासंग भन्दा पनि भोकमारीसंग धेरै डर र त्रास छ प्रधानमन्त्री ज्यु तपाईं उर्दि जारी गर्नु हुन्छ घर बाहिर नजानुस, मास्क लगाउनु साबुनपानीले हात धुनु भनेर तर दिनभरी काम गरेर साझको छाक टार्न चुलो बाल्ने गरेका परिवार नेपालमा कति छन हिसाब किताब राख्नु भएको छ ? हिजो सुतेको ठाउँ भात पुर्‍याउछु चामल सक्के फोन गर्नुहोस। ढोकामा चामलको बोरा आउँछ भनेर बोल्नु भएको होइन ?

आज सेल्फ क्वारेन्टाइनमा बस्दै गर्दा काम गरेर बिहान र बेलुकाको चुलो बाल्ने ती परिवारको अवस्था के छ बुझ्नु भएको छ?हिजो हसाउन र ताली पाउन बोलेका ती शब्दहरु आज दुख पर्दा किन बोल्नु हुन्न? कि त्यो उहि बलेको आगो मात्र तापे झै हो त?अनि मास्क लगाउन १०/१५ रुपैया पर्ने मास्क १००/१५० सम्म बेच्ने कालोबजारीहरुलाइ के हुँदै छ ? सावुन, सेनिरटाइजेसन किन्न सक्ने हैसियत सबैको छन त ?

तपाइलाई सम्झाउन नपर्ला देश छोडेर ८० लाख युवा बेदेशमा छन धेरै देशले ती सबै युवा लाई सेल्फ क्वारेन्टाइनमा राखेको छ कती कम्पनिले बेतलबी बिदा दिएका छन भने कति कम्पनिले तलब दिए पनि मनिट्रान्सफर बन्द भएकोले बैङ्क बन्द भएकोले रेमिट नम्बर घरमा टिपाउन पाएका छैनन जसले सम्पुर्ण घर परिवार पसिना बगाएर धानिरहेका थिए।

यस्तो अवस्थामा तपाइले सरकारको तर्फबाट जनतालाइ गर्ने के त? हाम्रो देशमा कोरोनाको कुन फेज हो ? सुरुवाती फेज, मध्यकालिन वा अन्त्यकालिन छुट्याउने काम खोइ ? अनि अझै नेपाली जनता कति दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने हो?त्यो अवस्था सम्म उनिहरुलाई चाहिने आधारभुत आवश्यकता पूरा गर्नु सरकारको दायित्व हो नि होइन ? यदि हो भने कति दिनको लागि के के चिज कति आवस्यकता पर्छ लेखाजोखा गर्नु भएको छ ?

कि तपाईं जस्ता सरकारी ढुकुटी दोहन गर्नेलाइ मात्र हो राज्यको सेवा सुबिधा ? सामान्या फ्लू भयो भने पनि कोरोनाको त्रास छ आम जनतामा यसलाई चिर्न के छ उपाय ? कोरोना चेक गर्न भरपर्दो साधन प्रत्येक स्वास्थ्यसस्थामा दिनु पर्ने होइन ताकी सामान्या फ्लू हो कि कोरोना हो भनेर जान्न सकोस।

अस्पतालका डाक्टर सिमाका सुरक्षा कर्मीलाइ कोरोना बाट सेभ हुने PPE(presonal protective equpement) छैन। यसै गरि कतिन्जेली थेग्न सकिन्छ कोरोना?तपाईं सेभ हुनुहोला छबिलाल सामान्या फ्लू हुदा साइकल चलाएर एक वर्ष बसेनी खान पुग्ला तर हामी गरिब नेपाली जनताले यो कालोबजारी महङ्गिमा कति दिन बाच्न सक्ने ? मेरै घरको कुरा गर्दा मैले प्रत्येक महिना यता बाट पैसा पठाइन भने चुलो बल्दैन। म त एउटा प्रतिनिधि पात्र मात्र हो यस्तै अवस्थाका लाखौ युवा छन प्रदेशमा जसलाइ कोरोनासंग भन्दा पनि भोकमारीसंग धेरै डर छ।

त्यसैले अन्त्यमा, तपाइले हिजो चुच्चे रेल, पानीजहाज, ग्यास पाइप अन्तरीक्षयान ल्याउछु भनेर लगाएको गफको पैसा आज कोरोनाबाट सेभ हुन जनतालाइ लगानी गर्नुहोस। तपाइका ती जनता भन्दा पाहुना प्यारा ठान्ने मन्तृलाइ बर्खास्त गर्नुहोस। सिमा तथा एर्पोटमा कडाईका साथ कोरोना चेक गरि कोरोनाको अन्तिम फेजसम्म सहज रुपमा ल्यान्डिङ गराइयोस।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...