News Portal

युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ ४१ जना उपचार पछि घर फर्किए

हिमाली संचार संवाददाता
४३१ पटक

युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ भएको जनाइएको छ ।

विश्वव्यापी रूपमा महामारीको रुप लिदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ । युएइका हरेक बाटाहरुलाई कोरोना भाइरसमुक्त गराउन ११ दिने सरसफाई अभियान थालेको छ । दुबईका हरेक बाटो र गल्लीहरुलाई औषधी पानीले धोएर (स्टेरिलाईजेसन) कोरोनामुक्त (डिसइन्फेक्टेड) बनाइन लागेको छ ।

यूएईले २ हप्ताका लागि ट्रान्जिट भएर आउने /जाने यात्रु हवाई सेवालाई समेत राेक लगाएकाे छ ।
बुधबारबाट लागु हुने गरि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल समेत २ हप्ताका लागि बन्द गर्ने भएकाे छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर हाइपरमार्केट भने सहज जीवनयापनका लागि खुल्ला रहनेछन् ।

हाेटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ ।
सार्वजनिक पार्क , समुद्रि तटमा जान राेक लगाईएकाे छ ।आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुराेध गरिएकाे छ ।
हाल सम्म यूएईमा काेराेना (काेभिड-१९) बाट १ सय ९८ जना संक्रमित भेटिएका छन्, २ जनाकाे मृत्यु भएकाे छ भने ४१ जना निकाे भएर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...