News Portal

कुवेतमा आंशिक कर्फ्यू, उल्लंघन गरे तीन बर्ष जेल र १० हजार दिनार जरिवाना

कमल सिंह ठकुरी
८०३ पटक

कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ।

कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक कर्फ्यू २२ मार्च २०२०(२०७६ चैत्र ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि हरेकदिन बेलुकी ५ बजे देखि बिहान ४ बजे सम्म लागू हुने जनाइएको छ।

कुवेतमा अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरू लगायत निजी कम्पनीहरू यस अघि २६ मार्च २०२० सम्म बन्द रहने भनिएको थियोे। तर, शनिबारको मन्त्रिपरिषदको निर्णयानुसार थप दुई हप्ता बन्द रहने बताइएको छ।

साथै कर्फ्यू उल्लंघन गर्नेलाई तीन बर्ष जेल र १० हजार दिनार सजाय हुने भएको हुँदा कुवेतस्थित नेपाली राजदुतावासले आइतबार एक बिज्ञप्ती जारी गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कर्फ्यूको समयमा बाहिर ननिस्किन र कर्फ्यू आदेशको पालन गर्नु अनुरोध गरेको छ।

कुवेतमा हालसम्म १ सय ८८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण भएको स्वास्थ मन्त्रालयलाई उदृड गर्दै आईमनम्याटले जनाएको छ।

हेर्नुहोस नेपाली राजदूतावास कुवेतले जारी गरेको विज्ञप्तिको पुर्णपाठ यस्तो छ:

प्रेस विज्ञप्ति

कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ २१ मार्च २०२० (मिति २०७६ चैत्र ८) का दिन कुवेतको मन्त्रिपरिषदबाट कुवेतमा आंशिक कर्फ्यू लागू गर्ने निर्णय गरिएको छ। सो निर्णयानुसार आंशिक कर्फ्यू आज २२ मार्च २०२० (मिति २०७६ चैत्र ९) देखि हरेक दिन बेलुकी ५ बजे देखि बिहान ४ बजे सम्म अर्को सूचना प्रकाशित नभएसम्म लागू हुने र यसको उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको व्यहोरा समेत उल्लेख भएको हुँदा सबैमा जानकारी गराईएको छ। तसर्थ, कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त समयमा बाहिर ननिस्किनहुन र कर्फ्यू आदेशको पालन गर्नुहुन हार्दिक अनुरोध छ। त्यस्तै कुवेत सरकारको सम्बन्धित निकायबाट जारी एक अर्को सूचना अनुसार अत्यावश्यक बाहेकका कुवेतका सरकारी निकायहरू, विभागहरू एवं निजी कम्पनीहरू यस अघि २६ मार्च २०२० सम्म बन्द रहने भनिएकोमा तत्पश्चात थप दुई हप्ता बन्द रहने भएको व्यहोरा समेत जानकारी गराइन्छ।
नेपाली राजदूतावास कुवेत
२०७६|१२|०९

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...