News Portal

भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न एनआरएनए युएइ अध्यक्ष कोइरालाको आग्रह

हिमाली संचार संवाददाता
९६७ पटक

युएई– बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न नेपाल एशोसियसन (एनआरएनए) यूएईअध्यक्ष कोइरालाको आग्रह गरेका छन् । अध्यक्ष कोइरालाले कोरोनाको असर युएइमा तुलनात्मक रुपमा अरु देशमा भन्दा कम रहेको बताउँदै युएइ सरकार र यहाँको स्वस्थ्य मन्त्रालयद्वारा आफ्ना नागरिक र आवसीय नागरिकका लागि क़ोरोना भाईरस नियन्त्रण बिरुद्द गरिएको प्रयास सराहनीय रहेको दाबी गरेका छन् ।

युएइमा कोरोना भाइरसबाट संक्रमितहरू उपचार पश्चात घर फ़र्किरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष कोइरालाले वैदेशिक रोजगारीको क्रममा युएइमा रहेका सबै नेपालीहरुलाई संयमित हुन अनुरोध समेत गरेका छन् ।
युएइ सरकार, नेपाल सरकार र नेपाली दुताबास अबुधाबीले जारी गरेको सूचनाहरुलाई आधार मानी भिड़भाड़ हुने ठाउँमा नजान, नियमित रुपमा सरसफ़ाईमा ध्यान दिई स्यानिटाइज़र प्रयोग गर्न, भिटामिन सी युक्त खानेकुरा सेवन गर्न सुझाएका छन् ।
क़ोरोना भाईरससँग सम्बन्धित तर यहाको क़ानूनविपरीत हुने कुनै पनि अनाधिकृत समाचार प्रसारण नगर्न, शेयर नगर्न र पोस्ट नगर्न पनि अध्यक्ष कोइरालाले जानकारी दिएका छन् ।

कुनै पनी जिज्ञासा या समस्या भएमा युएइ सरकारका आधिकारिक निकायहरू, नेपाली दुताबास, अबुधाबीमा सिधै सम्पर्क राख़्न कोइरालाले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...