News Portal

भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न एनआरएनए युएइ अध्यक्ष कोइरालाको आग्रह

हिमाली संचार संवाददाता
१०२८ पटक

युएई– बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न नेपाल एशोसियसन (एनआरएनए) यूएईअध्यक्ष कोइरालाको आग्रह गरेका छन् । अध्यक्ष कोइरालाले कोरोनाको असर युएइमा तुलनात्मक रुपमा अरु देशमा भन्दा कम रहेको बताउँदै युएइ सरकार र यहाँको स्वस्थ्य मन्त्रालयद्वारा आफ्ना नागरिक र आवसीय नागरिकका लागि क़ोरोना भाईरस नियन्त्रण बिरुद्द गरिएको प्रयास सराहनीय रहेको दाबी गरेका छन् ।

युएइमा कोरोना भाइरसबाट संक्रमितहरू उपचार पश्चात घर फ़र्किरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष कोइरालाले वैदेशिक रोजगारीको क्रममा युएइमा रहेका सबै नेपालीहरुलाई संयमित हुन अनुरोध समेत गरेका छन् ।
युएइ सरकार, नेपाल सरकार र नेपाली दुताबास अबुधाबीले जारी गरेको सूचनाहरुलाई आधार मानी भिड़भाड़ हुने ठाउँमा नजान, नियमित रुपमा सरसफ़ाईमा ध्यान दिई स्यानिटाइज़र प्रयोग गर्न, भिटामिन सी युक्त खानेकुरा सेवन गर्न सुझाएका छन् ।
क़ोरोना भाईरससँग सम्बन्धित तर यहाको क़ानूनविपरीत हुने कुनै पनि अनाधिकृत समाचार प्रसारण नगर्न, शेयर नगर्न र पोस्ट नगर्न पनि अध्यक्ष कोइरालाले जानकारी दिएका छन् ।

कुनै पनी जिज्ञासा या समस्या भएमा युएइ सरकारका आधिकारिक निकायहरू, नेपाली दुताबास, अबुधाबीमा सिधै सम्पर्क राख़्न कोइरालाले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...