नेपाल सानो देश थोरै जनसंख्या भएतापनी यो देशले धेरै तन्त्रको सामना गर्यो। २००७ सालको प्रजातन्त्र प्राप्ती पश्चात देशले बिकासको गतिमा छलाङ मार्ला भन्ने अड्कल बाजि बहुदै गरिएको थियो तर आशातित देशले बिकासको गति लिन पटक्कै सकेन।
त्यसै बिचमा २०१५ सालतिर राजा महेन्द्रले कुदृष्ठी लगाउदा एउटा तन्त्रको त्यही अवशान हुन पुग्यो। जति बेला बिकासमा भने जस्तो फड्को मार्न नसके पनि देशमा शान्ती सुरक्षा अमनचयन महङ्गी नियन्त्रणको भने केही आभास गर्न सकिन्थ्यो।
त्यस्तै फेरि २०३६ सालमा अर्को उथलपुथल तन्त्रको सामना गर्यो जहाँ बहुदल र निर्दल जनमत सङ्ग्रह भयो। बहुदलको हार निर्दलको जितसङै दलिया प्रतिबन्ध सहित सम्पुर्ण राजनैतिक दलका नेयालाइ जेलनेल सहित देश निकाला गरियो जुन घट्नालाई इतिहासले कहिलै भुल्न सकेन।
२०४६ सालको प्रजातन्त्र पुनःस्थापना सङै देशमा बिकासको ठूलो दिप प्रज्वलन होला भन्ने सबैको मनमस्तिस्कमा थियो केही बिकासका आधारहरु पनि निर्माण भएका नै थिए।
जुन आजसम्म पनि त्यही बिकासको मोडलमा रहेर अघि बढ्ने कार्य गरिन्छ तर त्यही समयमा संसदिय ब्यवस्था भनेको खसिको टाउको देखाएर बाख्राको मासु बेच्ने ब्यावस्था हो त्यसैले यश ब्यवस्थाबाट देशको मुहार फेर्न सम्भव छैन भनी २०५१ साल बाट सशस्त्र युद्द गरि बिज रोपिएको गणतन्त्र विभिन्न आरोह अबरोह झेल्दै देशले २०६३ सालमा १२ वर्ष पछि प्राप्त गर्यो।
बिश्वमा कति देश गणतन्त्र प्राप्त पश्चात् बिकासमा अपत्यारिलो फड्को मारेको उदाहरण पनि छन भने कति देश भने भएको बिकास भन्दा नि अझै बिनास भएको अवस्था पनि छ। हाम्रो देश नेपाल पनि विभिन्न तन्त्रसङै लड्दै जुध्दै सिघाउरी खेल्दै गणतन्त्रसम्म त पुग्यो तर बिकासले कत्ती पनि गति लिन सकेन। जव गणतन्त्र आयो तब बिकास होला, अशान्तीमा बसिरहेका नेपालीले सोचेका थिए।
शान्तिसुरक्षा अमन्चयन होला, महङ्गी, भ्रष्टाचार निर्मुलनै नभए पनि कम होला, दन्डहिनता अन्त्य होला भन्ने सोचेका थिए तर जे सोचियो त्यसैको बिपरित हुँदै गयो। देशमा महङ्गिले आकाश चुमिसक्यो, भ्रष्टाचार दिनानुदिन मौलाउदै गएको छ। दन्डहिनता बढिरहेको छ। सुशासन कत्ती पनि छदै छैन।
हिजो राजतन्त्रका बिरुद्द बोल्ने मुख आज गणतन्त्रका बिरुद्द बोल्दै छन। हिजो राजालाइ गाली गर्ने मन आज गणतन्त्रका छोटे राजाहरुलाइ गाली गर्दै राजतन्त्र फालेकोमा पछुतो मान्दै छन।
अझ गजवको कुरा त के छ भने तपाईं हामी गाउघरमा गएर ७०/७५ कटेका बाआमाहरुलाइ आजको महङ्गी, दन्डहिनता, भ्रष्टाचार, अशान्ती भएको खबर सुनाउदै किन यस्तो भाको होला है बा ? है आमा ? भन्नी हो भने मनिलो बोलिमा उहाहरुको उत्तर आउँछ यस्तै हो बा! राजा नभएको देशमा भनेर यस्ता उत्तर आउनु त्यत्तिकौ हुँदै होइन। देशमा बढेको दन्डहिनता, महङ्गी, भ्रष्टाचार अशान्ती प्रवृत्तिले नै हो।
नेपालको गणतन्त्र नेपालिलाई हात्ती आयो हात्ती आयो फुस्सा, चोक्टा खान गाकी कुन्नी के झोलमा डुवेर मरि भने झै मात्र भएको छ। आज ती ६५/७० कटेका बृद्द बाआमा मात्र नभइ भर्खरका युवायुवतिहरु पनि हिजो खुलेर गणतन्त्रको बारेमा बोल्ने मुख आज सिलाउदै राजा र राजतन्त्रको पक्षमा मन्द मन्द आवज निकाल्दै छन।
यो अवस्था किन र कसरी आयो भनेर हिजो आज र भोलि गणतन्त्रका हिमायती ठान्नेहरुले अब सोच्नु पर्ने होइन र ? यदि अबका दिनहरुमा पनि यी गणतन्त्रका हिमायती ठान्ने मान्यजनहरुले महङ्गी, दन्डहिनता, अशान्ती, भ्रष्टाचार, गुण्डागर्दी जस्ता कार्यलाइ नियन्त्रण नगर्ने र उहि मेरो गोरुको बाह्रै टाका भनेझै बकम्फुसे गफको मात्र झ्याली पिटिरहने हो भने हाम्रो देशको शिशु गणतन्त्र अन्तिम अवस्थाको धिपधिप दियो झै नहोला नहोला भन्न त पटक्कै सकिन्न तर अवशान हुन्छ भनेर चाहिँ ढुक्कसंग भन्न सकिन्छ।