News Portal

किराया हङकङले किरात राई संस्कार, संस्कृति सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गर्यो

हिमाली संचार संवाददाता
३३६ पटक

युवा राई

हङकङ। किरात राई यायोक्खा प्रज्ञा प्रतिष्ठान हङकङले किरात राई समुदाय भित्रका आफ्ना महत्वपूर्ण जीवन पद्धति संग सम्बन्धित किरात राई समुदायका महत्वपूर्ण संस्कार, संस्कृति, रीतिरीवाज र परम्परामा एकरुपता ल्याउनको लागि विशेष अन्तरक्रियात्मक कार्यक्रम सुप्तुलुङ खिम हङकङको सभा हलमा सम्पन्न गरेको छ ।

नेपाल भन्दा बाहिर रहेको किरात समुदायहरुले आफ्नो महत्वपूर्ण संस्कार, संस्कृतिमा विचलन हुन नदिन आफ्नो सर्वोच्च संस्था किरायाको माध्यमद्वारा एकबद्ध हुदै आएका छन्। विशेषत हङकङ र बेलायतमा किरातीहरुको बाहुल्यता रहेको छ।

यायोक्खा हङकङका कुलपति शशि मदन साम्पङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपकुलपति किसन बाहिङ, बसन्त राइले टिप्पणी गर्नु भएको थियो। हङकङमा रहेको विभिन्न किरात राई भाषिक संस्थाहरूको सौहार्दपूर्ण उपस्थितिमा भाषिक अभियन्ता, किरात राई पत्रकारहरूको सहभागिता रहेको थियो ।
किराया हङकङमा आबद्ध भाषिक संस्थाहरू सोदेल कोयी/कोयू , चाम्लिङ खाम्मातिम, थुलुङ सामा, बाहिङ र साम्पाङ जुम्लेखा लगायदका भाषिक संस्थाले मृत्यु संस्कार मुन्धुमी भाषा नेपालीमा अनुवाद रहेका आफ्ना प्रतिवेदन कुलपति समक्ष बुझाएको थियो।
किरात राई यायोक्खा केन्द्र काठमाण्डौले अन्तराष्ट्रिय सम्मेलनमा विशेष अतिथि भारत सिक्किमका निवर्तमान मुख्यमन्त्री डा.पवन चाम्लिङ राई आमन्त्रण गरेको थियो।

सिक्कममा अहिले चार धामको सुप्तुलुङ खिम “चूला घर” मा संसारको तिर्थालु भक्तजन मानव जातिहरुले दर्शन गर्न स्वातन्र दिइएको छ। किराया हङकङले पनि सिक्किमका चारधाममा आधारित मान्यता अनुरुप राम्रा कार्यको प्रयोग गरौ भन्ने सुझाव सहितको प्रस्ताव सोदल कोयी/कोयू किम हङकङले राखेको थियो ।

आयोजित कार्यक्रममा भाषिक संस्थाहरूको विशेषत संस्कार र परम्परागत विधिमा देखिएको समस्याहरुमा बहस गरेर समस्याको समाधान र एकरूपता ल्याउने विषयमा कार्यक्रम केन्दित रहेको थियो।

पछिल्लो समयमा किरात राई समुदाय भित्र जन्म देखि मृत्यु हुदा गरिने परम्परागत विधिमा फरक देखिए पछि सक्षम भाषिक संस्थाले स्वइच्छाले मृत्यु संस्कार गर्नु सक्ने छ भने असक्षम थरी राईहरुको मृत्यु संस्कार कार्य-पत्रको बिबादित विद्यमान विषयमा विभिन्न भाषिक संस्थाहरुको विषयमा गम्भीर अध्यायन बहस गरेर यस विषयमा अर्को बृहत कार्यक्रम आयोजना गरी कार्य-पत्रमा पेश गर्ने भएको छ।

किरात भाषिक संस्थाहरु मध्ये किरात राई सोदेल कोयी/कोयू किम हङकङले संस्कारहरु मध्येका महत्वपूर्ण विवाह संस्कार सम्बन्धमा किराया सुप्तुलुङ खिम “सामुहिक चूलाघर” हङकङमा किरात राई संस्कार अनुसार अन्तरजातिय विवाह पूर्ण रूपमा स्वीकार हुनु पर्ने माग सहित प्रस्ताव पेश गरेको सम्बन्धमा कुलपति शशि मदन साम्पाङले लिखित कार्य-पत्र विवाह संस्कार अन्तरक्रिया कार्यक्रममा पेश गर्ने बताएका छन्।

उपकुलपति किसन बाहिङ किरात धर्म संस्कार मान्नेकिरातीहरूले अन्य धर्म जस्तो हुनुहुदैन भन्ने धारणा राखेका थिए। आयोजित कार्यक्रम महासचिव किन्दर चाम्लिङले कार्यक्रम सञ्चालन गरेका थियो

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...