News Portal

कतार प्रहरीमा १७९ नेपालीले पाए अवसर

हिमाली संचार संवाददाता
३२९ पटक

काठमाडौँ — कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् ।

यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।

प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले इमानदारीको साथ कायस्थलमा आफ्नो दायित्व निर्वाह गर्न नेपालीलाई आग्रह गरे । उनले नेपालीलाई प्रहरी सेवा अवसर दिने कामले नेपाल र कतारबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...