News Portal

युएई अलएनमा नयाँ वर्ष-२०७७ धमाका अप्रिल १० मा हुने

हिमाली संचार संवाददाता
३९७ पटक

युएई – नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै आएको गैर आवासीय नेपाली संघको युएई अन्तरगत सक्रिय क्षेत्रीय समिति अलएनले नेपाली नयाँ वर्षमा सांगीतिक धमाका मच्चाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष उज्ज्वल दाहालले जानकारी दिनुभएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी नयाँ वर्ष सांस्कृतिक धमाका-२०७७ को आयोजना आउदो १०-अप्रिल, शुक्रबार अलऐनको फाइभ स्टार पार्टी प्यालेसमा आयोजना हुने निस्चय भएको अध्यक्ष दाहालले बताउनुभएको छ ।

कार्यक्रमको मुख्य आकर्षक कलाकारहरूमा
राजेश पायल राई रहनुहुनेछ भने द नेपाली भ्वाइस-२ का लोकप्रिय गायकगायिकाहरु बलबहादुर राजवंशी, मेचु धिमाल पनि अलएनको कार्यक्रममा उपस्थित भएर मञ्च जमाउने भएका छन् । यसैगरी एलिसा श्रेष्ठ र रूबिसा श्रेष्ठ पनि नेपालबाट आफ्नो कला प्रस्तुत गर्न युएई आउने पक्का भएको जानकारी कार्यक्रम संयोजक रन्जन भुजेलले बताउनुभएको छ ।
साथमा रोजगारीको क्रममै युएईमा कार्यरत नेपाली कलाकारहरू पारस लामा, दिब्या सुब्बा,प्रसान्त ताजपुरिया, जनक रूचाल, शान्ति तामाङ, एलिसा तामाङ सहित एक नेपाली सांगीतिक ब्यान्ड “ओतप्रोत,ले पनि आफ्नो प्रस्तुति रहने आयोजक संस्था एनआरएनए अलएनका सचिव दिपक खडकले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...