News Portal

आँधीहुरीमा साऊदीअरबमा २ जना नेपालीको ज्यान गयो ३ जना घाइते

हिमाली संचार संवाददाता
६८१ पटक

साउदी अरेबियामा– सडक दुर्घटनामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँधीहुरी चलेको थियो सोही आँधीहुरीका कारण चौलागाईले चलाएको गाडी दुर्घटनामा परेको कम्पनीले जनाएको छ ।

मृतक अर्का ब्यक्ति र घाइतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक पल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दुर्घटनामा जम्मा १२ वडा सवारीसाधनमा क्षति पुगेको साउदी प्रहरीले जनाएको छ ।
२७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसएमा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दुर्घटनामा परेका हुन् । उनको शव नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । शव कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।

यता परिवारले पनि कृष्णको मृत्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको शव नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ,तकका दाजु सरोज चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...