News Portal

युएईका नेपाली व्यावसायी पौडेलले आफ्नो जन्मदिनको अवसरमा पुण्य काम गरे

हिमाली संचार संवाददाता
४६३ पटक

युएई– प्रधानमन्त्री केपी ओलीले नेपालको नक्साको केक काटेर आफ्नो जन्मदिन मनाएको चर्चा चलिरहेको अवस्थामा युएईका एक नेपाली व्यावसायीले आफ्नो जन्मदिनको अवसरमा केक संस्कृतिको भद्र विरोध गर्दै कुनै केक नकाटी उक्त रकम वृद्धआश्रममा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका -१ घर भएका युएईमा लामो समयको रोजगारीपछि रेस्टुरेन्ट व्यावसाय गर्दै आउनुभएका महेन्द्र पौडेलले
आफ्नो जन्मदिनको अबसरमा आफूले जन्मदिनमा गर्ने फजुल खर्च कटाएर लमजुङ जिल्लाको राइनास नगरपालिकामा रहेको सर्वोदय सेवाश्रममा तातो र चिसो पानीको व्यवस्थापनका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
एक महिना पहिला उक्त सेवाश्रमको भ्रमण गर्नुभएका मनकारी व्यावसायी पौडेलले त्यहाँको आश्रममा रहेका १३ जना वृद्धबृद्दाहरुलाई भेटी केही अवसर पारेर सहयोग गर्ने प्रतिबद्धता गरेकोमा जन्मदिनको अवसरमै यो घोषणा गर्नु सान्दर्भिक हुने बताउनुभयो ।
यो कुनै ठुलो सहयोग नभएको बताउदै सहयोगी व्याक्तित्व पौडेलले भन्नुभयो, “मेरो सानो प्रयासले आजको हाम्रो समाजमा भडकिलो बन्दै गरेकोे पास्चत्य संस्कृतिको अतिक्रमण, अनुशरण र प्रभावले समाजमा विकराल रूप लिँदै गरेको अवस्थामा केही चेतना दिने आशा लिएको छु ।”

बरदुबईको केन्द्रमै संचालित नेपालीको सगरमाथा रेस्टुरेन्ट, युनियनमा संचालित नमस्ते रेस्टुरेन्ट र सारजामा संचालित एक रेस्टुरेन्टका मालिक पौडेल युएईको नेपाली व्यावसायिक क्षेत्रमा सफल, इमानदार र मिहिनेती व्यावसायीका रूपमा परिचित हुनुहुन्छ ।
जन्मदिन मनाउने बहानामा लाखौ खर्च गरेर अनेक तामझाम गर्नुभन्दा व्यावसायी महेन्द्र पौडेलले झै सानै भए पनि उदाहरणीय सहयोग गरेर जन्मदिनलाई सार्थक पो बनाउने हो कि ? व्यावसायी पौडेललाई जन्मदिनको अनगिन्ती शुभकामना ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...