News Portal

युएईका नेपाली व्यावसायी पौडेलले आफ्नो जन्मदिनको अवसरमा पुण्य काम गरे

हिमाली संचार संवाददाता
४९६ पटक

युएई– प्रधानमन्त्री केपी ओलीले नेपालको नक्साको केक काटेर आफ्नो जन्मदिन मनाएको चर्चा चलिरहेको अवस्थामा युएईका एक नेपाली व्यावसायीले आफ्नो जन्मदिनको अवसरमा केक संस्कृतिको भद्र विरोध गर्दै कुनै केक नकाटी उक्त रकम वृद्धआश्रममा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका -१ घर भएका युएईमा लामो समयको रोजगारीपछि रेस्टुरेन्ट व्यावसाय गर्दै आउनुभएका महेन्द्र पौडेलले
आफ्नो जन्मदिनको अबसरमा आफूले जन्मदिनमा गर्ने फजुल खर्च कटाएर लमजुङ जिल्लाको राइनास नगरपालिकामा रहेको सर्वोदय सेवाश्रममा तातो र चिसो पानीको व्यवस्थापनका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
एक महिना पहिला उक्त सेवाश्रमको भ्रमण गर्नुभएका मनकारी व्यावसायी पौडेलले त्यहाँको आश्रममा रहेका १३ जना वृद्धबृद्दाहरुलाई भेटी केही अवसर पारेर सहयोग गर्ने प्रतिबद्धता गरेकोमा जन्मदिनको अवसरमै यो घोषणा गर्नु सान्दर्भिक हुने बताउनुभयो ।
यो कुनै ठुलो सहयोग नभएको बताउदै सहयोगी व्याक्तित्व पौडेलले भन्नुभयो, “मेरो सानो प्रयासले आजको हाम्रो समाजमा भडकिलो बन्दै गरेकोे पास्चत्य संस्कृतिको अतिक्रमण, अनुशरण र प्रभावले समाजमा विकराल रूप लिँदै गरेको अवस्थामा केही चेतना दिने आशा लिएको छु ।”

बरदुबईको केन्द्रमै संचालित नेपालीको सगरमाथा रेस्टुरेन्ट, युनियनमा संचालित नमस्ते रेस्टुरेन्ट र सारजामा संचालित एक रेस्टुरेन्टका मालिक पौडेल युएईको नेपाली व्यावसायिक क्षेत्रमा सफल, इमानदार र मिहिनेती व्यावसायीका रूपमा परिचित हुनुहुन्छ ।
जन्मदिन मनाउने बहानामा लाखौ खर्च गरेर अनेक तामझाम गर्नुभन्दा व्यावसायी महेन्द्र पौडेलले झै सानै भए पनि उदाहरणीय सहयोग गरेर जन्मदिनलाई सार्थक पो बनाउने हो कि ? व्यावसायी पौडेललाई जन्मदिनको अनगिन्ती शुभकामना ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...