News Portal

हङकङमा धरानका २९ बर्षीया बृषिका राईले आत्महत्या गरीन्

युवा राई
५११ पटक

युवा राई

हङकङ। हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। धरान चौकीबारीका २९ वर्षीया बृषिका राईले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित ७ तला अग्लो छतबाट हाम फालेकी हुन्।

पुर्ख्यौली घर खोटाङ भएकी अविवाहित बृषिका राई लामो समयदेखि एकलै हङकङमा बस्दै आएकी थिइन्। राईको परिवार बेलायत, सिंगापुरमा र नेपालमा रहेको आफन्तले जानकारी दिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार धट्ना हुनुपूर्व राईले अनौठो गतिविधि देखाएकी कारण उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र उद्धारकर्मीहरुको अनुरोध पश्चात उनी सुरक्षित स्थानमा फर्किन फर्कने क्रममा अचानक भवनबाट खस्न पुगिन्। धाईते भएकी राईलाई उपचारका लागी एम्बुलेन्समा राखी नजिकको रोतोन्जी अस्पताल लगिएको थियो। उपचारका क्रममा राईलाई अस्पतालले मृत घोषणा गरेको थियो।

मृतक राईलाई नजिकबाट चिन्नेहरुले डिप्रेसनका कारण आत्महत्याका प्रयास गरेको हुन सक्ने अनुमान गरेका छन्। उनी एकान्तमा बस्न रुचाउने, भिडभाडमा झर्कने, अरुको कुरामा चासो नराख्ने, अस्वाभाविक कुराहरु गर्ने जस्ता आचरण रहेको थियो।

धटना हुनु भन्दा पहिला मृतक राईले सिंगापुरमा रहेकी आफ्नी दिदीसँग टेलिफोनमा लामो कुराकानी गरेकी समेत खुल्न आएको छ। आत्महत्याको रहस्यबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

खोटाङ समाजका पूर्वअध्यक्ष अधिराज राईका अनुसार मृतक राईका पारिवारका कोही सदस्यहरु हङकङमा नभएकोले पार्थिव शरीर नेपाल लैजाने तयारी भैरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...