News Portal

हङकङमा धरानका २९ बर्षीया बृषिका राईले आत्महत्या गरीन्

युवा राई
४५१ पटक

युवा राई

हङकङ। हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। धरान चौकीबारीका २९ वर्षीया बृषिका राईले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित ७ तला अग्लो छतबाट हाम फालेकी हुन्।

पुर्ख्यौली घर खोटाङ भएकी अविवाहित बृषिका राई लामो समयदेखि एकलै हङकङमा बस्दै आएकी थिइन्। राईको परिवार बेलायत, सिंगापुरमा र नेपालमा रहेको आफन्तले जानकारी दिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार धट्ना हुनुपूर्व राईले अनौठो गतिविधि देखाएकी कारण उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र उद्धारकर्मीहरुको अनुरोध पश्चात उनी सुरक्षित स्थानमा फर्किन फर्कने क्रममा अचानक भवनबाट खस्न पुगिन्। धाईते भएकी राईलाई उपचारका लागी एम्बुलेन्समा राखी नजिकको रोतोन्जी अस्पताल लगिएको थियो। उपचारका क्रममा राईलाई अस्पतालले मृत घोषणा गरेको थियो।

मृतक राईलाई नजिकबाट चिन्नेहरुले डिप्रेसनका कारण आत्महत्याका प्रयास गरेको हुन सक्ने अनुमान गरेका छन्। उनी एकान्तमा बस्न रुचाउने, भिडभाडमा झर्कने, अरुको कुरामा चासो नराख्ने, अस्वाभाविक कुराहरु गर्ने जस्ता आचरण रहेको थियो।

धटना हुनु भन्दा पहिला मृतक राईले सिंगापुरमा रहेकी आफ्नी दिदीसँग टेलिफोनमा लामो कुराकानी गरेकी समेत खुल्न आएको छ। आत्महत्याको रहस्यबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

खोटाङ समाजका पूर्वअध्यक्ष अधिराज राईका अनुसार मृतक राईका पारिवारका कोही सदस्यहरु हङकङमा नभएकोले पार्थिव शरीर नेपाल लैजाने तयारी भैरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...