News Portal

युएईमा गोर्खाली नाइटको सर्वत्र चर्चा, को-को आउदैछन् कलाकार ?

हिमाली संचार संवाददाता
६०५ पटक

आरपी ढुंगेल
युएई २४, २०२० फेब्रुअरी : युएईको नेपाली समुदायमा यो साता व्यग्र प्रतीक्षा र चर्चाको विसय बनेको छ- गोर्खाली नाइट। २८ फेब्रुअरी शुक्रबार बर दुबईको क्लब एभरेस्टमा हुन लागेको यो भव्य सांगीतिक कार्यक्रममा भोइस अफ नेपाल-२ बुगीवुगी र लोकप्रिय टेलीसिरियल सक्किगोनीका कलाकारहरुको उपस्थिति हुने भएका कारण एक साता अगाडि नै साधारण टिकट समाप्त भएको मुख्य आयोजक एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले बताउनुभएको छ।

दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई भ्वाइस अफ नेपाल सिजन २, बुगीवुगी र सक्कीगोनीका कलाकारहरुले रंगीन बनाउने भएका हुन।

को-को आउदैछन् कलाकारहरु ?

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसँगै फाइनलिस्ट विकाश लिम्बु, आरिफ राव, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगरले आफ्नो दमदार जोड प्रस्तति दिनेछन।

त्यस्तै नेपाली डान्सीङ रियालिटी शो बुगीवुगी की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतमले आफ्नो कलाको जादु देखाउनेछन।

कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् भने कार्यक्रममा चर्चित गीत ‘फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र प्रतिभाशाली गायिका स्मिता दाहालले पनि दर्शकलाई मन्त्रमुग्ध बनाउँदै छन।

गायिका प्रविसा र स्मिता पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका कलाकार हुन्। उनीहरूले गाएका गीत युट्युबमा करोडौँ क्लबमा छन।

कार्यक्रम फेब्रुअरी २८ तारिख शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मदन अधिकारीले बताउनुभएको छ। कार्यक्रमलाई युएइर्कका प्रतिष्ठित कम्पनी र समूहको प्रायोजन तथा एनआरएनए आईसीसीका विशिष्ट व्यक्तिहरुको सहयोग रहेको छ ।

समाज सेवाको उदेश्य !

गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १/१ लाखका दरले सहयोग गरिएको थियो।

गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको योजना छ।

को हुन् आयोजक मनोज र मदन ?

कार्यक्रमका आयोजक मनोज गोर्खाली लामो समयदेखि यूएई लगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुनुहुन्छ। त्यस्तै अर्का आयोजक मदन अधिकारी एआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र ब्यबसायी हुनुहुन्छ। मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन्।

युएईका अधिक सामाजिक संस्थाले उक्त दिन कुनै औपचारिक कार्यक्रम आयोजना नगरी गोर्खाली नाइटलाई नै सफल बनाउने आन्तरिक सहमति गरेका छन्।

कार्यक्रम आयोजना हुनुपुर्व नै साधारण तर्फको टिकट समाप्त भएपनि भिआइपी विशेष टिकट भने सिमीत मात्रामा रहेको आयोजक मनोज गोर्खालीले जानकारी दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...