News Portal

  • युएईमा गोर्खाली नाइटको सर्वत्र चर्चा, को-को आउदैछन् कलाकार ?

    हिमाली संचार संवाददाता
    ५४९ पटक

    आरपी ढुंगेल
    युएई २४, २०२० फेब्रुअरी : युएईको नेपाली समुदायमा यो साता व्यग्र प्रतीक्षा र चर्चाको विसय बनेको छ- गोर्खाली नाइट। २८ फेब्रुअरी शुक्रबार बर दुबईको क्लब एभरेस्टमा हुन लागेको यो भव्य सांगीतिक कार्यक्रममा भोइस अफ नेपाल-२ बुगीवुगी र लोकप्रिय टेलीसिरियल सक्किगोनीका कलाकारहरुको उपस्थिति हुने भएका कारण एक साता अगाडि नै साधारण टिकट समाप्त भएको मुख्य आयोजक एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले बताउनुभएको छ।

    दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई भ्वाइस अफ नेपाल सिजन २, बुगीवुगी र सक्कीगोनीका कलाकारहरुले रंगीन बनाउने भएका हुन।

    को-को आउदैछन् कलाकारहरु ?

    कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसँगै फाइनलिस्ट विकाश लिम्बु, आरिफ राव, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगरले आफ्नो दमदार जोड प्रस्तति दिनेछन।

    त्यस्तै नेपाली डान्सीङ रियालिटी शो बुगीवुगी की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतमले आफ्नो कलाको जादु देखाउनेछन।

    कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् भने कार्यक्रममा चर्चित गीत ‘फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र प्रतिभाशाली गायिका स्मिता दाहालले पनि दर्शकलाई मन्त्रमुग्ध बनाउँदै छन।

    गायिका प्रविसा र स्मिता पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका कलाकार हुन्। उनीहरूले गाएका गीत युट्युबमा करोडौँ क्लबमा छन।

    कार्यक्रम फेब्रुअरी २८ तारिख शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मदन अधिकारीले बताउनुभएको छ। कार्यक्रमलाई युएइर्कका प्रतिष्ठित कम्पनी र समूहको प्रायोजन तथा एनआरएनए आईसीसीका विशिष्ट व्यक्तिहरुको सहयोग रहेको छ ।

    समाज सेवाको उदेश्य !

    गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १/१ लाखका दरले सहयोग गरिएको थियो।

    गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको योजना छ।

    को हुन् आयोजक मनोज र मदन ?

    कार्यक्रमका आयोजक मनोज गोर्खाली लामो समयदेखि यूएई लगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुनुहुन्छ। त्यस्तै अर्का आयोजक मदन अधिकारी एआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र ब्यबसायी हुनुहुन्छ। मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन्।

    युएईका अधिक सामाजिक संस्थाले उक्त दिन कुनै औपचारिक कार्यक्रम आयोजना नगरी गोर्खाली नाइटलाई नै सफल बनाउने आन्तरिक सहमति गरेका छन्।

    कार्यक्रम आयोजना हुनुपुर्व नै साधारण तर्फको टिकट समाप्त भएपनि भिआइपी विशेष टिकट भने सिमीत मात्रामा रहेको आयोजक मनोज गोर्खालीले जानकारी दिनुभएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...