News Portal

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र !

नारायण राज चौलागाईं "नारायण काँईलो"
१०३२ पटक

सम्माननिय प्रधानमन्त्री ज्यू
नमस्कार !

प्रधानमन्त्री ज्यू सर्वप्रथम मेरो तीन पुस्ते खुलाउन चाहान्छु। सामाजिक सञ्जालमा सरकारको आलोचना गरे र सरकारले गरेका कामको बिरोध गरे कार्वाही गरिने कानुनि व्यवस्था छ, त्यहि कानुनको सम्मान गर्दै यो पत्र लेखेको हुँ। ताकि भोलि यो पत्र लेखे बापत मलाई कार्वाही गर्नु परे सजिलो होस्। रविचन्द्र चौलागाईंको नाति कर्ण बहादुर चौलागाईंको छोरा नारायण राज चौलागाईं (नारायण काईलो) भिमेश्वर नगरपालिका दोलखा वडा नं ४ हाल काठमाडौ कागेश्वरी नगरपालिका वडा नं ७ मा बसोबास गर्दै आएको छु।

समाननिय प्रधानमन्त्री ज्यू क्या राम्रो काम गर्नु भयो हगि? कम्युनिस्ट भनेको तपाईं जस्तै विचारधारा बोकेर देशको कमान्डिङ गर्ने व्यक्तिलाई भनिन्छ होला हगि? कम्युनिस्ट सिद्धान्त र कम्युनिस्ट विचार भएका व्यक्तिले रहेछ हगि हेलिकप्टर चढेर देशको नक्शा जस्तै केक बनाएर टुक्रा टुक्रा पारेर काट्ने? हुन त जाबो केक नै त हो के फरक पर्छ हैन? प्रम ज्यू म त बहुत खुशी भए नि यो देखेर थाहा छ किन? किनभने तपाईंको यति ठुलो कामको बहुत चर्चा भएको छ सामाजिक सञ्जाल भरि।

अनि मेरै छिमेकीकि ८५ बर्ष कि हजुरआमाले पनि बहुत प्रशंसाा गर्नु भो नि त। तपाईं कति चर्चामा आउनु भयो हेर्नुस् त। एउटा केक काट्दैमा कति चर्चा पाउनु भयो। हिजो देशको लागि बलिदान गर्नेको नाम निशाना छैन। देश बाहिर बसेर देशलाई देश बनाईरहेका लाखौ युवाको कुनै मुल्यांकन छैन तर तपाईं त रातारात चार्चामा आउनु भो, स्वभाविक नै हो नि तपाईं देशको प्रधानमन्त्री चर्चामा नआएर हुन्छ? यहि केक काट्दिनु भयो र त मेरि छिमेकी हजुरआमाले तपाईंलाई चिन्नु भो, तपाईंको जन्म दिन पनि थाहा पाउनु भो जस्लाई आफ्नो जन्मदिन थाहा छैन।

तपाईंले केक काटेर उत्सव मनाउनु भयो र त चिन्नु भो, नत्र उहाँले कहाँबाट चिन्नु, कहाँबाट सुन्नु तपाईंको नाम तपाईंको दिर्घायुको कामना गर्नु भा छ उहाँले, थुप्रै आशिर्वाद दिनु भाछ अझ यो भन्दा ठुलो केक काट्नु रे अनि ज-जस्लाई भाग पुगेन उहाँहरुलाई भाग पुर्‍याईदिनु रे है। लिपुलेक र लिम्पियाधुरा नेपालको हो तर छिमेकी मुलुक भारतको भागको रे त्यो चै अरुलाई नदिनु भन्नू भा थियोे खै के गर्नु भो खाइ हालेको भए ओकल्न लगाउनु भन्दै हुनुहुन्थ्यो।

अनि सात प्रदेश मध्ये क-कस्लाई कुन प्रदेश दिनु भयो त्यो पनि सोध्दै हुनुहुन्थ्यो। मेरि हजुरआमाको मन हेर्नुस त। बिचरा मर्ने उनेरमा कति चिन्ता छ भाग पुग्यो कि पुगेन भनेर। आफू मात्रै खाएर पनि नहुने छिमेकिलाई पनि बाँडेर खानु रे हेर्नुस त कति महान् हुनुहुन्छ हजुरआमा।

अब मेरो प्रश्न सम्वृद नेपाल भनेको यहि होला। हगि प्रम ज्यु ? गणतन्त्र नेपाल भनेको यही होला हगि ?
पहिचान सहितको सङ्घियता भनेको यहि होला हगि ?
हामी आफ्नै संस्कृतिलाई लात हानेर पश्चिमी मुलुकको, संस्कारलाई स्विकार्छौ हगि प्रम ज्यू त्यो पनि केकमा देशको नक्शा बनाएर, वाह प्रम ज्यू वाह !

केही छैन प्रम ज्यू जसरी केक काट्नु भयो लिम्पियाधुरा र लिपुलेक काटेर छिमेकीलाई हस्तान्तरण नगरिदिनु होला। जसरी केक काट्नु भयो त्यसै गरि नकाट्नु होला जनताका टुहारा सपना। जसरी केक काट्नु भयो हो त्यसै गरि नकाट्नु होला गरिब जनताको गाँस। जसरी केक काट्नु भयो त्यसै गरि नकाट्नु होला १७ हजार सहिदको सपना। MCC भित्र्याउदै हुनुहुन्छ, केक जसरी नकाटियुन नेपालीहरुका शिर, केक काटिए जसरी नकाट्टियोस् सगरमाथा जत्रो उचाइ भएको गोर्खालीको स्वाभिमान।

केक जसरी नकाट्युन बलात्कार पछि हाम्रा आमा तथा दिदी बहिनीहरु। जसरी केक चाट्नु भो त्यसै गरि जनताको दिमाग नचाट्नु होला। नौ महिना नपुग्दै खुराक धेर भएर भैंसी तुहिए जसरी नतुइयुन हामी नेपालीहरुको सपना र तपाईं प्रधानमन्त्री पद। अबका दिनमा देशको नक्शा जस्तै केक काट्औं भनेर सल्लाह दिने सल्लाहकार नउम्रिउन लाखौ युवा प्रदेश लागेपछि बाझो खेतामा उम्रे झै गन्हाउने झारहरु।

अन्त्यमा, प्रम ज्यू पहिला हामी स्वाभिमानी बनौ, सक्षम बनौ, दक्ष बनौ देशलाई सम्वृद नेपाल बनाऔं, अनि देश जत्रै देशको नक्शालाई केक बनाएर ३ करोड नेपाली सबैले सेलिब्रेसन गरौला नि हुन्न ? धन्यवाद तपाईंलाई भोट दिएर प्रधानमन्त्री बनाउने किसानको छोरो उहीँ गाउँमा आधा पेट खाएर देशलाई माया गर्ने केटो नारायण काँईलो।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...