News Portal

  • १८ औं बमजन फुटबल टुर्नामेण्ट सम्पन्न उपाधी पुर्वेली टाईगर

    हिमाली संचार संवाददाता
    २९५ पटक

    कुवेत – १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ ।

    शुक्रबार खेलाईएको गोल्ड कपको १८ औं संस्करणमा बिजेताको उपाधी पुर्वेली टाईगरले चुमेको छ। भने मङगाफ एफ सि उप-बिजेता बनेको छ।१३ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता १४ फेब्रुअरीमै सम्पन्न भएका थिए । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै मङगाफ एफ सि/केजी एल एफ सि, पुर्वेली टाईगर र सरोकार समाज सेमीफाईनमा प्रवेश गरेका थिए।

    पहिलो सेमीफाईनल- के.जि.एल.एफ.सी/ मंगाफ एफ.सी. निर्धारित समय सम्म दुबै पक्षबाट गोल नभएपछी थप समय ५/५ मिनेट १० मिनेट दिएपनी गोल नभपछी खेल फेरी पेलान्टी सुट गराएको थियो। पेनल्टी सुटमा दुबै टिम बाट ५-५ जनाले पेनाल्टी सुट गर्दा मंगाफ एफ सी को तर्फबाट १ बल बाहिर आउट भएको र के जि एल बाट पनी १ बल आउटभएकोले फेरी दुबैतर्फबाट गोल किपर लाई सुट गराउदा पनि दुबै गोलकी को तर्फबाट गोल भएर फेरी पनि बराबरी भएपछी खेलको नियमअनुसार दुबैटिम बाट १-१ जनाले पेनाल्टी सुट गराउदा मंगाफ एफ सी बाट गोल भएको र के जि एल बाट बल बाहिरिए पछी खेलको नतिजा मंगाफ एफ सी ६ गोल र के जि एल ५ गोलमा सिमित भएर खेलमा हारजितको घोषित गरियो र मंगाफ एफ सी फाईनलमा प्रबेश गर्यो दोश्रो सेमीफाईनल खेलमा सरोकार समाज /पुर्बेली टाईगर सरोकार समाज ०-६ गोल गर्दै पुर्बेली टाईगर फाईनलमा प्रबेश गरेको थियो।

    आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो । जसमा टिम क्याप्टेनहरु एक टिममा राजेन्द्र तामाङ क्लवका बरिष्ट सल्लाहाकार र अर्को टिममा नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत श्री दुर्गा प्रसाद भन्डारी रहेका थिए । जसमा राजदूत दुर्गा प्रसाद भन्डारीको टिमले राजेन्द्र तामाङ टिमलाई २-० गोलले पराजित गरेका थियो ।
    यसैगरी फाईनलमा खेलमा मंगाफ एफ सी / पुर्बेली टाईगर ४-६ गोल गर्दै १८ औं माउण्ट एभरेष्ट एम बी बमजन गोल्डको उपाधि पुर्बेली टाईगरले उपाधी हात परेको थियो। खेलमा अनुशासित बेस्ट टिम ईलेभेन स्टार भएको थियो भने मंगाफ एफ सी टिम को खेलाडी
    उत्कृष्ट गोल रक्षक सुमन लिम्बु,जर्सी न १ बेस्ट डिफेन्डर सन्तोष याक्खा, जर्सी न १३ उत्कृष्ट फर्वड कृष्ण बहादुर लिम्बु जर्सी न ७ रहेको थियो भने पुर्बेली टाईगर टिमको खेलाडी जर्सी न २१ सबै भन्दा बढी गोल स्कोर अमृत मेचे त्यस्तै जर्सी १९ राजिव राई उत्कृष्ट खेलाडी, जर्सी न् १० ऋषी गुरुङ,उत्कृष्ट मिडफिल्डर रहेको थियो।

    क्लवले प्रथम हुने पुर्वेली टाईगरलाई २५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने द्दित्तीय हुने मङगाफ एफ सि क्लवलाई १५१ केडी नगदी,ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो । यसैगरी, सहभागी १३ टिमहरु मध्य अनुशासित टिमको उपाधी ईलेभेन स्टार एफ सि, उत्कृष्ट खेलाडी हर्क मगर(गोर्खाली फुटबल क्लव) र हाई स्कोरर मेचे(पुर्बेली टाईगर) ले प्राप्त गरेका छन भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो
    अध्यक्ष डम्बर रिमालको अध्यक्षतामा सम्पन्न १८औं गोल्ड कप २०२० को कार्यक्रम लाई क्लवका महासचिब सुरेश गुरुङ र मगर सँघ कुवेतका प्रथम उपाअध्यक् संयुक्त रुपमा सञ्चालन गरेका थिए। भने गोल्ड कप संयोजक तथा खेलकुद बिभाग प्रमुख मोहन राई रहेका थिए। भने बिजेता र उपबिजेता टिमहरुलाई बमजन कपका संस्थापक क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, NRNA कुवेतको अध्यक्ष सुजन केसी, सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङ, पुर्व अध्यक्ष ईन्द्र पोखरेल,र गोल्ड कपका प्रायोजक बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गराईएको थियो।

    कार्यक्रमका सभापति तथा क्लव अध्यक्ष डम्बर रिमालले १८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपलाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...