News Portal

  • दुबईमा क्विक एडभेन्चर ट्राभलको भव्य उदघाटन

    हिमाली संचार संवाददाता
    ५९० पटक

    बरदुबई– युएईको बर दुबईमा क्विक एडभेन्चर ट्राभल एन्ड टुरिजम एलएलसीले आफ्नो सेवा सुरु गरेको छ । शिवरात्रीको पावन अवसरमा २१ फेब्रुअरी शुक्रबार क्विक एडभेन्चर ट्राभल एन्ड टुरिजम एलएलसीको भव्य रूपमा समुदघाटन गरिएको हो ।
    युएईको नेपाली समुदायका व्याक्तित्वहरुको उपस्थितिमा ट्राभलले सेवा सुरु गरेको संचालक अशोक चौधरीले बताउनुभयो ।
    नेपालबाट आमन्त्रित प्रधानमन्त्री कार्यालय अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्व स्वकीय उपसचिव तथा सुनसरी-काठमाडौं सम्पर्क मञ्चकी पुर्व इन्चार्ज श्रीमती मिना श्रेष्ठको प्रमुख आतिथ्यमा यो ट्राभलको दीप प्रज्ज्वलन गरेर औपचारिक उदघाटन भएको छ । ट्राभल उदधाटन कार्यक्रममा एनआरएनए (एनए) एनसीसी अध्यक्ष प्रकाश कोइराला, आइसीसी सदस्य मनोज गोर्खा(एनए)ली, युवा संयोजक मदन अधिकारी, नि:शुल्क प्राथमिक उपचार तालिम अभियान-युएईका अभियन्ता ओम उप्रेतीलगायत युएईको नेपाली समुदायका विशिस्ट व्याक्तित्व तथा सर्वसाधारण नेपालीहरुको उपस्थिति थियो । कुशल कार्यक्रम संचालक आशिस पुरुषले सन्चालन गरेको उदघाटन कार्यक्रममा ट्राभलका संचालक अशोक चौधरीले अध्यक्षता गर्नुभएको थियो ।
    उदघाटन कार्यक्रममा एनआरएनए (एनए)का युवा संयोजक मदन अधिकारी, नि:शुल्क प्राथमिक उपचार तालिम अभियन्ता ओम उप्रेती, नेपाल पत्रकार महासंघ सहसचिव रामप्रसाद ढुंगेल, एनआरएनए (एनए) अध्यक्ष प्रकाश कोइराला, एनआरएनए मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले व्यावसायिक सफलताको लागि शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । प्रमुख अतिथि मिना श्रेष्ठले संचालकद्वय अशोक चौधरी र मुकेश साहको प्रयासलाई सपोर्ट गर्न र परदेशमा नेपालीहरु मिलेर देशको अर्थतन्त्रमा योगदान गरिरहेको उल्लेख गर्दै शुभकामनाका व्यक्त गर्नुभयो ।

    *आकर्षक नेपाली ट्राभलमै*

    युएईमा धेरै नेपाली व्यावसायीहरु ट्राभल र टुरिजमतर्फ आकर्षित भएका छन् ।
    यसै सिलसिलामा युएईका नेपालीहरुलाई उच्च प्राथमिकता राखेर युएईका सबैलाई छिटोछरितो र प्रभावकारी सेवा दिने उदेश्य बोकेर क्विक एडभेन्चर ट्राभल एन्ड टुरिजम एलएलसी स्थापना भएको अर्का संचालक मुकेश शाहले बताउनु भयो ।
    लामो समय युएईमा बसेर केही व्यावसायमा स्पिपिङ पार्ट्नर गरिरहेका युवा व्यावसायी सप्तरी जिल्लाका अशोक चौधरी र मुकेश साहको लगानीमा यो क्विक एडभेन्चर ट्राभलले सेवा शुरु भएको हो । यस अगाडि संचालक अशोक चौधरीले क्लिनिङ कम्पनी र रेस्टुरेन्ट व्यावसाय समेत गरेको आफ्नो अनुभव सुनाउनुभयो ।

    अन्य ट्राभलहरु भन्दा सस्तो, सर्वसुलभ, अनि प्रभावकारी सर्भिस दिने योजनाका साथमा स्थापना भएको
    क्विक एडभेन्चर ट्राभलले हवाई टिकट, भिजिट भिसा, भिसा परिवर्तन, भिसा रिन्यु, होटेल बुकिङ, डेजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायत सबै सुबिधा प्रदान गर्ने संचालक अशोक चौधरीले बताउनुभएको छ ।
    संचालक चौधरीका अनुसार युएईबाट युरोपका विभिन्न देशहरु साथै सिंगापुर, मलेसिया, जर्जिया थाइल्यान्ड, बाली, लगायत विस्वका चर्चित टुरिष्ट गन्तव्य घुमफिर गर्नेहरुका लागि टुर प्याकेज, हवाई टिकट लगायतका सबै व्यवस्थापन क्विक एडभेन्चर ट्राभलले गर्नेछ ।

    नाम जस्तै क्विक सेवा दिने दाबी गर्दै संचालक चौधरीले दाबी गर्दै भन्नुभयो, “हाम्रो ट्राभलले ग्राहकहरुको सन्तुष्टिलाई नै कमाइ मानेर काम गर्नेछ ।”

    बर दुबईको सपना ज्वेलर्स अगाडि रहेकोे क्विक एडभेन्चर ट्राभलमा ३ जना अनुभवी नेपालीहरुले सेवा प्रदान गरिरहेका छन् । क्विक एडभेन्चर ट्राभलको उदघाटन कार्यक्रममा नेपालबाट उच्च पदस्थ अधिकारीहरुको एक टोली र युएईका विशिस्ट व्याक्तित्व साथै नेपाली समुदायका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण नेपालीहरुको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...

    जेन–जी आन्दोलनपछि खानेपानी मन्त्री यादवको राजीनामा तयारी

    काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र...

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...