News Portal

युएईको मावारिद एक्सचेञ्जबाट पैसा पठाउँदा आइफोन र टिभी उपहार !

आरपी ढुंगेल
७८२ पटक

युएई १३, २०२० फेब्रुअरी : युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई उपहारैउपहार प्रदान गर्ने भएको छ। युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने जनाएको छ।

नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जमार्फत नेपालमा १०६ वटा शाखा भएको सिभिल बैंक र नेपालभरिका १० हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैंकका युएई प्रतिनिधि सन्जीतजंग सिंहले जानकारी दिनुभएको छ।

मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहले बताउनुभयो।

सिंहका अनुसार बर दुबईको अस्टेरिया होटल अगाडिको बाटोबाट अदिल फुडस्ट्फसँगै रहेको मावारिद एक्सचेञ्ज, सोनापुरको ग्रान्ड हाइपरमार्केट (बस पार्क अगाडि), जेबल अली पार्को हाइपरमार्केट (बस पार्क अगाडि), शारजाह बुतिना र मुहेलामा नेस्टो हाइपरमार्केट रहेको मावारिद एक्सचेञ्जको शाखाबाट कारोबार गर्दा जो कोहीले उपहार पाउन सक्नेछन।

फेब्रुअरी १ देखि शुरु भएको यो अफर मार्च ३१ सम्म रहनेछ। आगामी अप्रिल ३ तारिख उपहार योजनाको नतिजा सार्वजनिक गरिनेछ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...