News Portal

पत्रकार धिताललाई पोर्चुगलका एनआरएनए वरिष्ठ उपाध्यक्षले कुटे, महासंघ युरोपद्वारा पदमुक्त गर्न माग

हिमाली संचार संवाददाता
५८५ पटक

पोर्चुगल : गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले पोर्चुगलस्थित एक सक्रिय पत्रकारलाई कुटेर घाइते पारेका छन।

लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिङ गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन।

थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन। उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ।

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटकाबिरुद्व प्रहरी समक्ष उजुरी दिएका छन। नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सर्नासहित थापालाई पदमुक्त गर्न माग गरेको छ।

पत्रकार धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन। भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो।

आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँइरहेको उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु।

धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाईसमेत नछोड्ने भन्दै उनले अन्य पत्रकारलाईसमेत धम्काएका छन। – नेपालप्लसबाट

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...