News Portal

एनआरएनए कुवेतको आयोजनामा अन्तर भलिबल प्रतियोगिता

टिम दर्ता १४ फेब्रुअरी शुक्रबार !

हिमाली संचार संवाददाता
६५० पटक

कुवेत १०, २०२० फेब्रुअरी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिख मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिख शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिख टाइसिट तयार गर्ने एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले बताए।

एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो।

टिम दर्ताको लागि २१ केडि शुल्क राखेको एनआरएनले टिम दर्ताको लागि आगामी १४ तारिक शुक्रबार दिउँसो ११ बजेदेखि बेलुकी ५ बजे सम्मको समय तोकेको छ भने टाइसिट फेब्रुअरी २१ तारिख शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गरिने जनाएको छ।

भलिबल खेलको अन्तर्राष्ट्रिय नीति नियम, मान्यता र अभ्यासलाइ आत्मसात गर्दै एनआरएन कप अन्तर नेपाली भलिबल प्रतियोगिता गराउन लागिएकोले यस पटकको भलिबल प्रतियोगिता यस अघिका प्रतियोगिताहरू भन्दा स्तरीय र भिन्न हुने एनआरएनए कुवेतका कार्यवाहक अध्यक्ष हरि लावतीले बताए।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टे पहिचान बनाएको एनआरएनएले भलिबल खेललाइ अनुशासित, मर्यदित, स्तरीय र प्रतिस्पर्धी बनाइ आपसी भाइचाराको सम्बन्ध बढाउने माध्यमको रूपमा विकसित गर्नको लागि खेलकुद सम्बन्धि नियमहरू समेत प्रकाशित गरेको छ।

भलिबल खेल सम्बन्धि नियमहरू यस प्रकार रहेका छन:

१. भलिबल खेलको टिम दर्ता गर्दा सम्पुर्ण खेलाडी तथा टिम म्यानेजरको नाम लिष्ट पेश गर्नु पर्नेछ भने टिम क्यप्टेनको सिभिल आइडी कपी अनिबार्य रूपमा पेश गर्नु पर्नेछ।
२. खेलकुदको टिममा नेपाली बाहेक अन्य राष्ट्रको खेलाडीलाइ समावेश गर्न पाइने छैन।
३. एउटा टिम भित्र खेलाडी ६ जना, अतिरिक्त खेलाडी ३ जना तथा टिम म्यानेजर गरि जम्मा १० जनाको टिम हुनेछ।
४. भलिबल खेल्ने एक टिमका खेलाडीहरूले एकै किसिमको ड्रेस प्रयोग गर्नु पर्नेछ।
५. खेलाडीहरूले स्वास्थ्यको कारण खेल खेल्न नसकने वा अन्य समस्या भएमा खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडी जानकारी दिनु पर्नेछ।
६. खेल खेलाउँदा आयोजक कमिटिको निर्णय अनुसार खेलाइनेछ। कुनै किसिमको विवाद सिर्जना भएमा एम्पायर र आयोजक कमिटीको निर्णय सर्वमान्य हुनेछ।
७. खेल खेलाउने एम्पायर र लाइन्सम्यान आयोजक कमिटीले छनाेट गरि राख्नेछ।
८. खेलमा खेलाडीले प्रदर्शन गरेको खेल, अनुसाशन आदि हेरेर मुल्यांकन गरि सोही अनुसार उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिनेछ।
९. खेेल मैैैदानमा कुवेतको कानुनले प्रतिबन्धित गरेेेको कुनै पनि चिज लैैजान सख्त मनाही छ।
१०. भलिबल खेल प्रतियोगिताकाे दाैरान कुनै पनि अनुसाशन विपरितका कृयाकलाप वा गतिविधि गरेको पाइएमा वा आयोजकलाइ नै चुनाैति दिने गरि विवाद सिर्जना गरे गराएमा कुवेतको कानुन अनुसार सम्बन्धित निकायमा पेश गरिनेछ।

स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ। प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ।

प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत
मितिः २५ फेब्रुअरी २०२० मंगलबार
समयः बिहान ७ बजे देखि

विस्तृत जानकारीको लागि सम्पर्क:

सुजन केसि (अध्यक्ष) – ९८७२१११२
हरि लावती (बरिष्ट उपाध्यक्ष) – ९७२७८३७९
दिल पाख्रीन (महासचिव) – ९७५५७३१३
नवराज पराजुली (युवा संयोजक) – ५०६१६८९५

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...