News Portal

  • एनआरएनए कुवेतको आयोजनामा अन्तर भलिबल प्रतियोगिता

    टिम दर्ता १४ फेब्रुअरी शुक्रबार !

    हिमाली संचार संवाददाता
    ५९४ पटक

    कुवेत १०, २०२० फेब्रुअरी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिख मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिख शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिख टाइसिट तयार गर्ने एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले बताए।

    एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो।

    टिम दर्ताको लागि २१ केडि शुल्क राखेको एनआरएनले टिम दर्ताको लागि आगामी १४ तारिक शुक्रबार दिउँसो ११ बजेदेखि बेलुकी ५ बजे सम्मको समय तोकेको छ भने टाइसिट फेब्रुअरी २१ तारिख शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गरिने जनाएको छ।

    भलिबल खेलको अन्तर्राष्ट्रिय नीति नियम, मान्यता र अभ्यासलाइ आत्मसात गर्दै एनआरएन कप अन्तर नेपाली भलिबल प्रतियोगिता गराउन लागिएकोले यस पटकको भलिबल प्रतियोगिता यस अघिका प्रतियोगिताहरू भन्दा स्तरीय र भिन्न हुने एनआरएनए कुवेतका कार्यवाहक अध्यक्ष हरि लावतीले बताए।

    अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टे पहिचान बनाएको एनआरएनएले भलिबल खेललाइ अनुशासित, मर्यदित, स्तरीय र प्रतिस्पर्धी बनाइ आपसी भाइचाराको सम्बन्ध बढाउने माध्यमको रूपमा विकसित गर्नको लागि खेलकुद सम्बन्धि नियमहरू समेत प्रकाशित गरेको छ।

    भलिबल खेल सम्बन्धि नियमहरू यस प्रकार रहेका छन:

    १. भलिबल खेलको टिम दर्ता गर्दा सम्पुर्ण खेलाडी तथा टिम म्यानेजरको नाम लिष्ट पेश गर्नु पर्नेछ भने टिम क्यप्टेनको सिभिल आइडी कपी अनिबार्य रूपमा पेश गर्नु पर्नेछ।
    २. खेलकुदको टिममा नेपाली बाहेक अन्य राष्ट्रको खेलाडीलाइ समावेश गर्न पाइने छैन।
    ३. एउटा टिम भित्र खेलाडी ६ जना, अतिरिक्त खेलाडी ३ जना तथा टिम म्यानेजर गरि जम्मा १० जनाको टिम हुनेछ।
    ४. भलिबल खेल्ने एक टिमका खेलाडीहरूले एकै किसिमको ड्रेस प्रयोग गर्नु पर्नेछ।
    ५. खेलाडीहरूले स्वास्थ्यको कारण खेल खेल्न नसकने वा अन्य समस्या भएमा खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडी जानकारी दिनु पर्नेछ।
    ६. खेल खेलाउँदा आयोजक कमिटिको निर्णय अनुसार खेलाइनेछ। कुनै किसिमको विवाद सिर्जना भएमा एम्पायर र आयोजक कमिटीको निर्णय सर्वमान्य हुनेछ।
    ७. खेल खेलाउने एम्पायर र लाइन्सम्यान आयोजक कमिटीले छनाेट गरि राख्नेछ।
    ८. खेलमा खेलाडीले प्रदर्शन गरेको खेल, अनुसाशन आदि हेरेर मुल्यांकन गरि सोही अनुसार उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिनेछ।
    ९. खेेल मैैैदानमा कुवेतको कानुनले प्रतिबन्धित गरेेेको कुनै पनि चिज लैैजान सख्त मनाही छ।
    १०. भलिबल खेल प्रतियोगिताकाे दाैरान कुनै पनि अनुसाशन विपरितका कृयाकलाप वा गतिविधि गरेको पाइएमा वा आयोजकलाइ नै चुनाैति दिने गरि विवाद सिर्जना गरे गराएमा कुवेतको कानुन अनुसार सम्बन्धित निकायमा पेश गरिनेछ।

    स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ। प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ।

    प्रतियोगिता सम्बन्धि विवरणः
    स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत
    मितिः २५ फेब्रुअरी २०२० मंगलबार
    समयः बिहान ७ बजे देखि

    विस्तृत जानकारीको लागि सम्पर्क:

    सुजन केसि (अध्यक्ष) – ९८७२१११२
    हरि लावती (बरिष्ट उपाध्यक्ष) – ९७२७८३७९
    दिल पाख्रीन (महासचिव) – ९७५५७३१३
    नवराज पराजुली (युवा संयोजक) – ५०६१६८९५

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...