News Portal

कोरोना भाइरसका कारण ८०३ जनाको मृत्यु, ३४ हजारभन्दा संक्रमित

हिमाली संचार संवाददाता
३९५ पटक

काठमाडौँ, २६ माघ । चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८०३ नाघेको छ भने ३४,४१२ जना संक्रमित भएका छन् । मृत्यु हुने ८०३ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ ।

संक्रमितहरुको उपचारका लागि चीन सरकारले १००० सैयाँको हस्पिटल निर्माण गरी सोमबारदेखि सेवा दिएको बताइएको छ । त्यस्तै नयाँ हस्पिटलहरु निर्माणका लागि चीन सरकारले राति दिन कर्मचारीहरु खटाइरहेको छ ।

त्यस्तै चीनमा एक दिनमा नै २ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ ।

यो संख्या अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...