News Portal

मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

हिमाली संचार संवाददाता
६२७ पटक

कुवेत ०१, २०२० फेब्रुअरी : मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम जनवरी ३० तारिख बिहिबार बेलुका देखि ११ बजेदेखि भोलिपल्ट दिउँसो शुक्रबार १ बजेसम्म कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो। मोरङसुनसरी सेवा समाज कुवेतले आयोजना गरेको कार्यक्रम कुवेतको वाफ्राहल सम्पन्न भयाे।

मोरङसुनसरी सेवा समाजका सदस्यहरु साथै विभिन्न संघसंस्था, कलाकार ,खेलाडी ,पत्रकारकाे उपस्थित थियो। कुवेतको विभिन्न ठाउँबाट जान आउनकाे लागि बसकाे सुबिधाकाे व्यवस्था थियो।

मिठाे भजनकाे व्यवस्था थियो। खानपिनको कार्यक्रम भएपछि राति १ बजे देखि नाचगान सुरु भएकाे थिथाे भने शुक्रबार बिहान ५ बजेसम्म नाचगान चल्यो।

शुक्रबार बिहान ११ बजेपछि संस्थाले आफ्नो संस्थाको औपचारिक कार्यक्रम सुरु गरेको थियो। मोरङसुनसरी सेवा समाजको अध्यक्ष अरुण लिम्बुको अध्यक्षतामा सो कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथि प्रेम कटवाल हुनुहुन्थ्यो।

कार्यक्रम संचालन संस्थाका सल्लाहकार दिलकुमार पाख्रिनले गर्नु भएको थियो। कार्यक्रममा पानसमा बत्ति बाली केक काटेर कार्यक्रमको सुरुवात भएको  थियो।

मोरङसुनसरी सेवा समाज कुवेतले संस्थालाई सहयोग गर्न विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ।
१ नानु राज बराल
२ माया राई
३ सिर कुमार राई
४ धन बहादुर खड्का
६ उपेन्द्र खड्का
७ देबि चेम्जोङ
८ खेमराज राना
९  देबि माया तामाङ
१० पम्फा तामाङ
११ नेहा राई
१२ मिना कुमारी मुक्तान
१३ अमृत गुरुङ
१४ रोहिनी नेम्बाङ निङ्गलेकु
अन्तमा संस्थाका अध्यक्ष अरुण लिम्बुले सम्पूर्ण उपस्थिति माहानुभावलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...