News Portal

दुबईमा रिलायबल स्टार कार्गो शुभारम्भ

हिमाली संचार संवाददाता
८३६ पटक

दुबई। बरदुबईमा रिलायवल स्टार कार्गोको भव्य शुभारम्भ भएको छ। दुबईको लोकप्रिय भेटघाटकेन्द्र बरदुबईमा ३१ जनवरी शुक्रबार भव्य समारोहका बीचमा रिलायबल स्टार कार्गोले सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा उल्लेख्य नेपाली, बिदेशी र स्थानीय अरबी नागरिकहरुको उपस्थितिमा रिबन काटेर नेपाली परम्परा अनुसार मन्त्रोचारण, शंखध्वनि र पुजाआजाका साथमारिलायबल स्टार कार्गोको उदघाटन भएको छ । उदघाटन कार्यक्रममा रिलायबल स्टार कार्गोका स्पोनसर मोहम्मद र निजका भाइ अहमद र अन्य स्थानीय नागरिकहरुको पनि उपस्थिति थियो ।
युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गरेको  संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ। विशेष गरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायबल स्टार कार्गो एलएलसी बरदुबईको कोसेली ट्राभल सँगैकाे भवनमा रहेको संचालक न्यौपानेले जानकारी दिनुभएको हो।

नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर सेवा गर्ने लक्ष्य लिइएको यस कार्गोले स्पेसल ओपनिङ अफरका रूपमा कुनै अतिरिक्त शुल्क नलिइ प्रतिकेजी ८ दिराम लिएर काठमाडौंसम्म सेवा दिने भएको छ भने काठमाडौंबाहिरको लागि भने प्रतिकेजी ९ दिराम रहेको र हरेक सामानहरु १५/२० दिनभित्रमा सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्थापन मिलाइएको संचालक न्यौपानेले बताउनुभएको छ ।  नेपाल एयरलाइन्सका युएई प्रमुख  टीकाराम पंगेनीका साथमा अन्य सहकर्मीहरु, नेपाली ट्राभल व्यावसायीहरु, भारतीय ट्राभल व्यावसायीहरु, भारतीय तथा बङलादेशका कार्गो व्यावसायीहरुको समेत उपस्थिति रहेको भव्य समारोहमा युएईका सर्वसाधारण नेपालीहरुदेखी सफल ब्यावसायिक व्याक्तित्वहरुले सहभागिता जनाएको संचालक न्यौपानेले जानकारी दिनुभएको छ । 

युएईमा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रमुख, प्रतिनिधि, व्यापारी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुको उल्लेख उपस्थितमा भएको उदघाटन कार्यक्रमले सकारात्मक ऊर्जा भरिएको संचालक न्यौपानेले बताउनुभयो। नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना भएको रिलायबल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

फोटो : देशबन्धु ढकाल

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...